सुन्दरहरैंचा(मोरङ) । झापाको दमक नगरपालिका-८ र इलामको चुलाचुली गाउँपालिका-४ स्थितबाट प्रहरीको लुटिएको २ थान चाईनिज पेस्तोल र २० राउण्ड गोली सहित लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार पक्राउ पर्नेमा झापाको दमक-८ का २५ बर्षीय सरोज पुरी, दमक-६ का २९ बर्षीय बिश्व लिङ्देन र इलामको चुलाचुली-४ का पवन हाङ्सुरुम्वा रहेका छन ।
भदौ २४ गते भएको जेन्जी आन्दोलनको क्रममा काठमाण्डौ महानगरिय प्रहरी कार्यालय तोडफोड, आगजानी गरी हात हतियार, गोलीगठ्ठा लुटी फरार भएका सरोज पुरी आफ्नै घर वतनमा आई लुकी छिपि बसेको भन्ने बिशेष सुचनाको आधारमा मंसिर ८ गते इलाका प्रहरी कार्यालय दमक र लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पुरीलाई १ थान पेस्तोल र १५ राउण्ड गोली सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।
पक्राउ परेका पुरीले लुटी ल्याएको १ थान पेस्तोल र ५ राउण्ड गोली बिश्व लिङ्देनलाई दिएको र विश्व लिङ्देनले उक्त पेस्तोल र गोली चुलाचुली-४ का पवन हाङ्सुरुम्वालाई राख्न दिएको भनि बताए अनुसार इलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी पेल्टीमारी र लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पवन हाङसुरुम्बालाई उनले बारीमा खाल्डो खनी लुकाई राखेको १ थान पेस्तोल र ५ राउण्ड गोली सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
झापाको बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए
सङ्खुवासभामा प्रहरीमाथि आक्रमण, भाग्न खोजेपछि गोली हानेर पक्राउ
कोशीमा भयावह भन्दै लागू औषध कारोबार
लागू औषधसहित फार्मेसी संचालक दम्पती पक्राउ
इटहरीमा ९ दिनदेखि हराएकी मञ्जुको शव सर्दुको खोल्सामा
बलात्कार आरोपमा पक्राउ परेकाको म्याद थप गरी अनुसन्धान हुँदै
पाख्रिबासमा हाईस दुर्घटना : एक जनाको मृत्यु, १४ जना घाइते
जेलबाट भागेका करणी मुद्दाका अभियुक्त पक्राउ






