बलात्कार आरोपमा पक्राउ परेकाको म्याद थप गरी अनुसन्धान हुँदै

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले छुट्टाछुट्टै स्थानमा बलात्कारको प्रयास गर्ने दुई पुरुषलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको छ । बलात्कार प्रयास आरोपमा एकैदिन फरक ठाउँबाट नियन्त्रणमा लिएका उनीहरु विरुद्ध थप अनुसन्धान गर्न अदालतबाट म्याद गरिएको हो ।

प्रहरीले लिम्चुङबुङ गाउँपालिका– १ बाँसबोटेका ज्ञानबहादुर राईलाई पक्राउ गरेको थियो । एक स्थानीय महिला माथि बलात्कार प्रयास गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङले पक्राउ गरि ५८ वर्षीय राईलाई जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याएर अदालतबाट म्याद थप्पेर अनुसन्धान अघि बढेको हो ।

त्यसैगरि रौतामाई गाउँपालिका– ३ लाफागाउँका ४० वर्षीय राजकुमार रायमाझीलाई बलात्कार उद्योग आरोपमै नियन्त्रणमा लिएको छ । स्थानीय महिला माथि बलात्कार प्रयास गरेकै आरोपमा उनलाई ईलाका प्रहरी कार्यालय रौतामाई भुट्टारले पक्राउ गरि सदरमुकाम ल्याएको हो ।

दुवै अभियुक्त विरुद्ध जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक (डिएसपी) केदारमान दोङले जानकारी दिए । उनका अनुसार राईलाई ७ दिनको र रायमाझीलाई ५ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको छ । दुवैलाई बलात्कार प्रयास गरेको पीडित पक्षको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बरबीच सहकार्य हुने