डडेल्धुरा । डडेल्धुरा अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा संचालन गरिएको छ । यसअघि एकै सिफ्टमा ओपीडी सेवा सञ्चालन हुदा बिरामीलाई समस्या हुने गरेको छ । दिउसो २ः०० बजे पछि ओपीडी सेवा बन्द गरिदा सुदूरपश्चिमका सात पहाडी जिल्लाका बिरामीहरुले इमेरजेन्सि टिकट काट्नु पर्ने वा अर्को दिन अस्पताल जानु पर्ने बाध्यता थियो ।
पहिलो पटक ११औं तह मेडिकलसुपेरीटेनडेन्ट पाएको अस्पतालमा दिउसो २ः०० बजे पछि ओपीडी सेवा बन्द गरिदा बिरामीहरुले हैरानी खेप्दै आईरहेका थिए । दुई सिफ्टमा ओपीडी सेवा संचालनमा ल्याएसंगै बिरामीलाई इमेर्जेन्सि टिकट काट्नु पर्ने बाध्यताको अन्त्य भएको अस्पतालका मेडिकलसेपेरीटनडेन्ट डा. सुधा देवकोटाले बताइन ।
दिउँसोपछि बिरामी अस्पताल पुग्दा चिकित्सकले हेर्छु भनेपछी मात्रै इमेर्जेन्सि टिकट काट्ने गरिएको थियो । मेसु डा. देवकोटाले भनिन्, होईन भने २ः०० बजेपछि अस्पताल पुग्ने बिरामीहरुले टिकट नै नपाउने रहेछन । किन भने डाक्टरसापले म हेर्दिन भने पछि टिकट नै नपाउदा बिरामीले अन्यत्र जानु पर्ने बाध्यता थियो । त्यसैले कार्यालय समयसम्म सबैले काम गर्नु पर्छ भनेर दुई सिफ्टमा ओपीडी सेवा संचालन गरि एउटा टिकट बनाईएको उनले जानकारी दिईन ।
उनका अनुसार हाल ओपीडी सेवा पहिलो सिफ्टमा दिउसो १२ः३० बजे सम्म र दोस्रो सिफ्ट १ः३० बजे देखि हुने गरेको छ । बिचमा चिकित्सकहरु लाई एक घण्टा खाजाको समय दिई चिसो याममा डेढ घण्टा र गर्मीयाममा दुई घण्टासम्म दोस्रो सिफ्टको ओपीडी संचालन गरिएको उनले बताईन ।
दुई सिफ्टमा ओपीडी सेवा संचालन हुनु आफुलाई निकै खुसीको लागेको उनको भनाई छ । अब दिउसो पछि अस्पताल पुग्ने बिरामीहरुले ओपीडी सेवासंगै सहज रुपमा उपचार पाउने उनको विश्वास छ । इमेर्जेन्सिमा एक सय रुपियाँको टिकट नकाट्नु पर्ने र टाढाका बिरामीहरुले सरल उपचार सेवा पाउने छन ।
डडेल्धुरा अस्पताल सुदूरपश्चिम प्रदेशको एक मात्रै संघिय सरकार मातहत रहेको बिषेश बिषेशज्ञ चिकित्सक सेवासहितको अस्पताल हो । तर यहाँ पद अनुसारका बिषेशज्ञ चिकित्सक नहुदा बिरामीले सहज उपचार पाउन सकेका छैनन् । मेसुका अनुसार हाल अस्पतालमा १९ जना बिषेशज्ञ चिकित्सक रहेका छन भने २५ जना मेडिकल अधिकृत रहेका छन ।
मुख्य समस्याका रुपमा यहाँ पुग्ने बिरामी बालबालिका रहेका छन । तर बालरोग बिषेशज्ञ चिकित्सक नहुदा बिषेश बिषेशज्ञ उपचार सेवा बालबालिकाहरुले पाउन सकेका छैनन् । एक जना बालरोग बिषेशज्ञ चिकित्सकले चासो राखेर फोन गरेको र यहाँ आउन ईच्छुक भएकाले डडेल्धुरा अस्पताले केही दिनमै बालरोग बिषेशज्ञ चिकित्सक पाउने मेसु डा. देवकोटाले जानकारी दिईन ।
हाल अस्पतालमा तीन जना स्त्री रोग बिषेशज्ञ, चार जना शल्य चिकित्सक, तीन जना हाडजोर्नी बिषेशज्ञ चिकित्सक, भित्रि अंगको रोग हेर्ने (मेडीसीन) तीन जनासंगै बिदामा रहदा पनि १७ जना बिषेशज्ञ चिकित्सक अस्पतालमा हुने उनले बताईन ।
नाक कान घाँटी, छाला कपाल र नङ र हाल बालरोग बिषेशज्ञ नहुदा अस्पतालमा आवश्यक पर्ने साधारण सेवा यी बिषेशज्ञ सेवा बाहेक सबै सेवा अस्पतालमा उपलब्ध रहेको मेसु डा. देवकोटाले जानकारी दिईन ।
सम्बन्धित समाचार
पुनर्निमाण गरियो डोटेली राजाको प्राचीन दरबार अजयमेरुकोट
विद्यार्थीलाई दिवा खाजा खुवाउन केन्द्रीकृत भान्साघर सञ्चालनमा ल्याइने
साइकल लेनमै पार्किङः खाली गर्न खोज्दा उद्योग वाणिज्य संघको अवरोध
कैलालीको वन क्षेत्रमा करिब तीन लाख क्युफिट काठ कुहिँदै
सुदूरपश्चिम सरकारका निर्णय जेठदेखि गुपचुप
धनगढी उपमहानगरमा विकेन्द्रीकरणको अभ्यास वडालाई नै आर्थिक अख्तियारी
सर्वोच्च अदालतको अवहेलना मुद्दा दुई सातापछि दर्ता
पाख्रिबासमा हाईस दुर्घटना : एक जनाको मृत्यु, १४ जना घाइते






