उदयपुर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको भावना र चाहना अनुरुप काम गर्न सरकार दृढ रहेको बताएका छन । सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कबड हलको उदघाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार जनभावना अनुरुप काम गर्न प्रतिबद्ध रहेको छ ।
मुख्यमन्त्री कार्कीले सीमित श्रोत साधनका बाबजुद जनताका असख््य आवश्यकता पुरा गर्नु पर्ने बाध्यता प्रदेश र स्थानीय तहमा रहेको भए पनि आफूहरू दृढताका साथ जनभावना र जनचाहनालाई सम्बोधन गर्न लागि परेकाछौं । मुख्यमन्त्री कार्कीले थोरै बजेटले धेरै काम गर्ने बाध्यताले गर्दा कोशी प्रदेश भित्र धेरै योजना अलपत्र परेको औल्याउँदै यसलाई आगामी दिनमा सच्याउँदै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।
उनले दिन प्रतिदिन जनताको आवश्यकता, बाटोघाटोको माग दिन प्रतिदिन बढ्दै गएको बेला देशको अर्थतन्त्र नै शिथिल भएर राज्यमा बजेटको आकार घट्दो क्रममा रहेकोले गर्दा समयमा जनताका माग पुरा हुन नसकेको बताए । मुख्यमन्त्री कार्कीले पहिला पहिला भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा होस् वा अन्य क्षेत्रमा होस राज्यले कनिका छरे जस्तो गरी बजेट विनियोजन गर्ने क्रमको अन्य गर्दै कोशी सरकारले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्दै जनचाहना र जनभावनाको सम्बोधन हुने गरी काम गरि राखेको बताए ।
उनले भने जनताको भावना र चाहना अनुसार काम गर्न सरकार तयार छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले जनताको भावना र चाहना अनुसार काम गर्न सरकार तयारी र प्रतिबद्ध दोहो¥याए । उनका अनुसार सरकारको प्राथमिकता जनताले अपेक्षा गरेका विकास निर्माण, सुशासन, सेवा प्रवाहमा सुधार र प्रदेश भित्र देखिएका समस्या समाधानमै केन्द्रित हुनेछ । सरकारले जनतासँगको प्रत्यक्ष संवादलाई अझ प्रभावकारी बनाउँदै माग र सुझावलाई नीति तथा कार्यक्रम मार्फत कार्यान्वयन गर्ने दिशा लिएको उनको भनाइ छ ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारलाई जनमुखी बनाउने, योजनाहरू समयमै कार्यान्वयन गर्ने र उपलब्ध संसाधनको सदुपयोग गर्दै प्रदेश विकासका एजेन्डा अघि बढाइने जानकारी पनि दिए । उनले समग्र प्रदेशको विकासका लागि समन्वय र सहकार्यलाई महत्वपूर्ण भएको उल्लेख गर्दै सबै क्षेत्रका सरोकारवालाको सहभागिता सुनिश्चित गर्दै काम अघि बढाइने बताए । कोशी प्रदेश सरकारले २०७६÷०७७ सालमा ५ लाख र नगरपालिकाको १० लाख रकम विनियोजन गरेर निर्माण सुरु गरिएको सुन्दरपुर ब्याडमिन्टन कबड हलको गत वर्ष चौदण्डीगढी नगरपालिकाले ३२ लाख ८५ हजार रकम विनियोजन गरेर निर्माण सम्पन्न गरेको हो ।
सम्बन्धित समाचार
विराटनगरमा महेश बस्नेतलाई रातो मसी छ्याप्ने को ?
धनकुटामा ३ हजार २ सय ७२ जना मतदाता थपिए
एमाले महाधिवेशन प्रतिनिधिको लागि उम्मेदवारको लर्को
विवादका बीच धनकुटाबाट छानिए १३ जना महाधिवेशन प्रतिनिधि
एमाले खोटाङमा महाधिवेशन प्रतिनिधि छनोटमा विवाद
रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित
देशले छिट्टै निकास नपाए सार्वभौमसत्तामाथि खतरा: राप्रपा अध्यक्ष लिङ्गदेन
प्रधानमन्त्री सुशीलासँग विकेश साहको प्रश्न, ‘जेनजी हत्यारा र भ्रष्टाचारीलाई कहिले कारबाही हुन्छ ?’





