काठमाडौं । सामसुङ नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सिजनलाई ध्यानमा राख्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनमा विशेष छुट योजना सार्वजनिक गरेको छ । यस योजनाले ग्राहकलाई प्रिमियम स्तरका टिभीदेखि साधारण मोडेलसम्म किन्न सहज बनाउँदै घरमै बसेर खेलकुदको आनन्द लिन थप आकर्षक अवसर प्रदान गरेको सो कम्पनीले जनाएको छ ।
डिसेम्बरसम्म चल्ने यस अफरअन्तर्गत ग्राहकले देशभरका अधिकृत सामसुङ विक्रेता स्टोरहरूबाट ३३ प्रतिशतसम्म क्यासब्याक पाउन सक्नेछन् । साथै, नयाँ टिभी किन्दा पुरानो सेट साटेर ७ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनससमेत प्राप्त गर्न सकिने सामसुङले जनाएको छ ।
८५ इन्चसम्मको ठूलो स्क्रिन, उच्चस्तरीय पिक्चर गुणस्तर र उन्नत स्मार्ट सुविधासहितका सामसुङ टिभीहरूले एनपीएलका खेललाई घरमै ‘स्टेडियम–जस्तो’ अनुभवमा हेर्न सकिने दाबी सो कम्पनीले गरेको छ । सामसुङका हालैका एआई टिभी लाइनअप क्वान्टम डट आधारित क्यूएलईडी तथा अत्याधुनिक यूएचडी मोडेलहरू हेर्ने क्षमतालाई अझ सुगठित र जीवन्त बनाउने विशेषतासहित बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यी मोडेलमा फोरके एआई अप्स्केलिङमार्फत जुनसुकै गुणस्तरको सामग्रीलाई थप स्पष्ट र धारिलो बनाउने क्षमता राख्ने कम्पनीको भनाइ छ । यसमा सुरक्षित स्मार्ट कनेक्टिभिटी तथा उपयोगकर्ताको निजता संरक्षण सुनिश्चित गर्ने सुविधा पनि रहेको छ । सामसुङले टिभीहरूमाथि ३ वर्षको फुल वारेन्टी उपलब्ध गराइरहेको बताएको छ ।
सम्बन्धित समाचार
आज सुन तोलामा २ हजार ९ सय रुपैयाँ बढ्यो
पुराना बोतलमा नयाँ रक्सी, राजश्व छलीको बेग्लै खेल
भगवती कम्पोजिट इण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
वायुसेवा निगमको छुटसहित नयाँ भाडादर
एनसेलको ‘एनपीएल प्ले प्याक’ मा डिशहोम गो एपमार्फत् एनपिएलका खेल लाइभ हेर्न पाइने
सर्लाहीको साना किसान कृषि सहकारीले ७ प्रतिशतमा ऋण लगानी गर्ने






