सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
नगरपालिकाको वडा नम्बर १ भारदह स्थित कंकालिनी मन्दिरको प्राङ्गणमा शुक्रबार एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।
सोसल लाईफ सेन्टर सप्तरी नेपाल र हनुमाननगर कंकालिनी नगरपालिकाको संयुक्त आयोजनामा भएको शिविरमा महिला ४५७ र पुरुष ३०० गरी ७५७ जनाले सेवा लिएको हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझीले जानकारी दिए ।
शिविरमा १५० देखि २०० जना सम्मको आँखा परीक्षण गर्ने लक्ष्य राखिएपनि ७५७ जनाले सेवा लिएको उनले बताए । ती मध्ये ११३ जना मोतियाविन्दुको रोगी फेला परेको र उनीहरुको निःशुल्क अप्रेसन गरिने नगरप्रमुख माझीले जानकारी दिए ।
शिविरमा चौधरी आँखा अस्पताल, लहानका चिकित्सकहरुबाट आँखा परीक्षण गरिएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)
सम्बन्धित समाचार
कोठामा थुनेर कुटपिट गरिएका मुकेशको मृत्यु, एक महिलासहित ४ पक्राउ
कारागारमा पनि विवाह पञ्चमी उत्सव (फोटोफिचर)
उपचार खर्चको अभावमा अस्पतालमै वास
विवाहको प्रलोभनमा परेकी नाबालिकाको विचल्ली
स्वजातीयबाट मात्र सहयोग जुटाई गरियो अन्तराष्ट्रिय महासम्मेलन
औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित
दुई कोठामा पाँच कक्षा संचालन, फेरियो इतिहास
सप्तरीबाट ठूलो परिमाणमा गाजा बरामद






