अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा ४ जनाको मृत्यु

गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य सीमामा भएको गोलीबारीमा चार जनाको मृत्यु भएको अफगान अधिकारी अब्दुल करिम जहादले शनिबार बताएका छन् ।

गोलाबारीमा अन्य चार जना घाइते भएको दक्षिणी अफगानिस्तानको स्पिन बोल्डक जिल्लाका गभर्नरसमेत रहेका जहादलाई उदृत यर्दै एएफपीले जनाएको छ ।

पाकिस्तानी सीमावर्ती सहर चमनको स्थानीय अस्पतालमा झडपका क्रममा घाइते भई उपचाररत चार जनालाई डिस्चार्ज गरिएको बताइएको छ ।

अक्टोबरको झडप पछि सहमति भएको युद्ध विरामको बाबजुद चमन र स्पिन बोल्डक बिचको सिमामा अप्रत्यासित आक्रमण गरेको आरोप दुवै पक्षले एक अर्कालाई लगाएका छन् ।

केही समय अघि अफगान तालिबानले सीमामा बिना कारण गोलीबारी गरेको पाकिस्तानका प्रधानमन्त्रीका प्रवक्ता मुशर्रफ जैदीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् ।

सीमाका अफगान पक्षका बासिन्दाहरूलाई उल्लेख गर्दै एएफपीले शुक्रबार राति १०:३० बजे देखि लगभग दुई घण्टा गोलाबारी भएको जनाएको छ ।

कान्दाहारको सूचना विभागका प्रमुख अली मोहम्मद हक्कमलले पाकिस्तानी सेनाले सामान्य आक्रमण गरेको र नागरिक घरहरूमा मोर्टार फायर गरेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालतर्फको हिमनदी भत्किँदा विपत्ति आएको होः चिनियाँ विदेश मन्त्रालय