काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रदर्शन पछि छानबिन गर्न बनेको जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले पूर्व प्रधानमन्त्री एवं पार्टीका सभापति शेरबहादुर देउवासँग परामर्श गर्दैछन् ।
आयोगलाई दिइने बयानबाट परामर्श गर्न लेखक आज (बुधबार) सभापति देउवालाई भेट्न उनी बस्दै आएको महाराजगञ्जस्थित भाडाको निवासमा जान लागेको उनी निकट स्रोतले जानकारी दिएको छ ।
महाराजगञ्ज स्रोतले नेता लेखकलाई छलफलका लागि बोलाइएको पुष्टि गरेको छ । तर, समय भने खुलाइएको छैन । ‘छलफलका लागि आउने कुरा छ । आउनुहुन्छ’, स्रोतले भन्यो ।
यसअघि नेता लेखकले आयोगले बयान दिन बोलाएको विषयमो ‘सल्लाह’ गरिरहेको प्रतिक्रिया दिएका थिए । आयोगले बयानका लागि बोलाएको पत्र भने नपाएको उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)






