विवादित चलचित्र ‘लालीबजार’का कतिपय दृश्यले दर्शकलाई नै असहज बनाउनेगरी समाजको कठोर यथार्थ उजागर गर्न खोजेका छन् । कथा संरचनामा कमजोरी स्पष्ट देखिन्छ । सुरुवाती दृश्यले उत्सुकता जगाए पनि मध्यभागमा कथा अलमलमा परेको र दोहोरिएको छ ।
कतिपय दृश्य पीडा देखाउनकै लागि लम्ब्याइएजस्तो लाग्छ । पात्रका आन्तरिक द्वन्द्व गहिराइमा लैजान सकिने ठाउँमा चलचित्र पटकपटक भावनात्मक संवाद र करुण दृश्यमै निर्भर छ । यसले कथा स्वाभाविकरूपमा अघि बढ्नुभन्दा पनि ‘दर्शकलाई रुवाउने’ उद्देश्यकेन्द्रित लाग्छ । केही पात्र अधुरा लाग्छन् । विशेषगरी विरोधी चरित्रका मनोविज्ञान स्पष्ट खुलाइएको छैन । ‘उनीहरू किन यस्तो व्यवहार गरिरहेका छन् रु’ भन्ने आधार कमजोर हुँदा कथा एकपक्षीय अनुभूत हुन्छ ।
महिलाले आफ्नो अस्तित्व र सम्मान’bout बोल्ने मिश्रित संवाद दृश्यमा प्रभावकारी लाग्छन् । तर, कतिपय ठाउँमा बढी नै संवाद ‘लेखिए’जस्तो भान पर्छ । वास्तविक जीवनमा ‘मानिस यसरी नै बोल्छन् र रु’ भन्ने अनुभव पनि गराउँछ । सामाजिक सन्देश दिन खोज्दा पात्रभन्दा पनि ‘भाषणकर्ता’ बढी लाग्छन् । विशेषतः चरम भावनात्मक दृश्यमा संवाद अत्यधिक नाटकीय बनिदि“दा दृश्यप्रभाव कमजोर बनेको छ ।
अभिनय पक्षमा भने चलचित्र बलियो देखिन्छ । स्वस्तिमा खड्का पीडित महिलाको भूमिकामा जीवन्त लाग्छिन् । मुहारभाव, मौनता र आन्तरिक पीडालाई उनको अभिनयले न्याय गरेको छ । रविन्द्र सिंह बानियाँको अभिनय सधैंझैं संयमित र यथार्थपरक लाग्छ । सहायक कलाकार ठीकठाक छन् । यद्यपि, केही कलाकारको अभिनय भने ‘टेलिसिरियल शैली’को लाग्छ । यसले चलचित्रको ‘गम्भीर टोन’ कतैकतै कमजोर बनाएको छ ।
चलचित्रको आकर्षक पक्षमध्ये हो– सिनेम्याटोग्राफी हो । अँध्यारा गल्ली, ग्रामीण परिवेश, पुराना घर र धुलाम्मे वातावरण प्रभावकारीरूपमा खिचिएका छन् । प्रकाश र छाया प्रयोगले पात्रका मानसिक अवस्था झल्काउने प्रयास गरिएका छन् । मौनता र खालीपना ‘फ्रेम’मा सुन्दर ढंगमा कैद भएका छन् । तर, चलचित्रमा कतिपय दृश्य अत्यधिक ‘स्टाइलाइज्ड’ गरिएका छन् । गरिबी र पीडालाई यथार्थभन्दा बढी ‘सिनेमाटिक’ बनाउने प्रयास हुँदा ती दृश्य ‘कृत्रिम’ लाग्छन् । केही भावनात्मक दृश्यमा अत्यधिक ‘स्लो–मोसन’, पृष्ठभूमि संगीत र नाटकीय क्यामेरा ‘मूभमेन्ट’ले बढी नै कृत्रिमता प्रतीत गराउँछ ।
चलचित्रको अर्को कमजोरी भावनात्मक हेरफेर हो । दर्शकलाई पीडा महसुस गराउन संगीत, ‘क्लोजअप’ र आँसुयुक्त दृश्य प्रयोग गरिएका छन् । कुनै दृश्य आफैं बलियो हुँदा अतिरिक्त नाटकीयता आवश्यक पर्दैन, तर ‘लालीबजार’मा कतिपय दृश्यमा कलाकारलाई जबर्जस्ती निर्देशन गराएको अनुभूत हुन्छ । यसले संवेदनशील विषय अझ गहिरो बनाउनुको सट्टा कृत्रिम बनाइदिएको छ ।
संगीत र ‘ब्याकराउन्ड स्कोर’ कथानुसार उपयुक्त भए पनि कतिपय दृश्यमा अत्यधिक प्रयोग भएका छन् । मौनताले धेरै प्रभाव पार्नसक्ने दृश्यमा समेत संगीत घुसाइँदा प्राकृतिक भाव ओझेल परेको छ । यद्यपि, केही लोकधुनमिश्रित संगीतले वातावरण निर्माणमा सहजता थपेको छ । असन्तुलित कथा संरचना, अत्यधिक नाटकीयता, कृत्रिम संवाद र भावनात्मक दबाबका कारण चलचित्र पूर्णरूपमा प्रभावशाली बन्न सकेको छैन । यथार्थ देखाउने प्रयासमा कतिपय ठाउँमा वास्तविकभन्दा बढी कृत्रिम देखिन्छ ।
प्राविधिकरूपमा चलचित्र आकर्षक लागे पनि सिनेमाटोग्राफर सुशन प्रजापतिले अँध्यारो सामाजिक परिवेश प्रभावकारी देखाउने प्रयास गरेका छन् । ‘लालीबजार’ नेपाली चलचित्र उद्योगमा मनोरञ्जनका लागिमात्रै बनेको चलचित्र भने होइन । कथाको गम्भीरता, अभिनय परिपक्वता र सामाजिक सन्देशका बावजुद चलचित्र प्रभावकारी बन्न सकेको छैन । यस्ता विषयमा बनेका चलचित्रमा संवेदनशीलता, सन्तुलन र समुदायप्रतिको सम्मान अत्यन्त आवश्यक हुन्छ । सन्तुलन कायम राख्न सफल भएको भए ‘लालीबजार’ नेपाली सामाजिक चलचित्रको कृति स्थापित हुन सक्थ्यो ।
चलचित्रको मुख्य शक्ति विषयवस्तु हो । नेपाली समाजमा पुस्तौंदेखि विभेद र यौन शोषणको चक्रमा फसाइएका महिलाका पीडा पर्दामा ल्याउनु आफैंमा चुनौतीपूर्ण प्रयास हो । कथाले गरिबी, सामाजिक अपमान, महिलामाथिको हिंसा र जीवनसंघर्ष देखाउँछ । महिला पात्रका मनोवैज्ञानिक पीडा चलचित्रले भावनात्मकरूपमा प्रस्तुत गर्न खोजेको छ ।
यसअघि, वादी समुदायकेन्द्रित ‘लालीबजार’को ट्रेलर सार्वजनिक भएस“गै विवाद चर्कियो र उच्च अदालत पाटनमा रिट दायरपछि चलचित्र प्रदर्शनमा अस्थायी रोक लगाइयो । अदालतको आदेशपछि तय रिलिज मितिसमेत प्रभावित बन्न पुग्यो ।
वादी अगुवाले चलचित्रले आफ्नो समुदायलाई ‘नकारात्मक र अपमानजनक रूपमा प्रस्तुत गरेको’ आरोप लगाएका छन् । उनीहरू चलचित्र प्रदर्शन रोक्न माग गर्दै अदालतसम्म पुगे । तर, रिलिज भएरै छाड्यो । यसपछि विवाद सडकसम्म पुग्यो र विरोध जारी छ । काठमाडौं माइतीघर मण्डलालगायत स्थानमा वादी समुदायका अगुवाले ‘चलचित्रले आफ्नो समुदायलाई यौनकर्मीसँग मात्र जोडेर सामाजिक पूर्वाग्रहलाई बल पुर्याएको’ आरोप लगाएका छन् ।
यता, निर्माण पक्षले भने ‘चलचित्र कुनै समुदायलाई अपमान गर्न नभई सीमान्तकृत वर्गको यथार्थ प्रस्तुत गर्न बनाइएको’ तर्क गरिरहेको छ । विवादपछि नेपाली चलचित्र क्षेत्रमा समुदायको प्रतिनिधित्व, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक संवेदनशीलता’bout व्यापक बहससमेत सुरु भएको छ ।
सम्बन्धित समाचार
इतिहासमा चर्केको बहस:‘अगाडि बढ्न पछाडि फर्किनुपर्छ’
सुन्दरहरैंचा नगरप्रमुख केदारप्रसाद गुरागाई सुकुम्बासीको पक्षमा उभिने
डोजर मनोविज्ञान
अदालतबाट ‘लालीबजार’ रिलिजको लागि फुकुवा
प्रदान गरियो कलाकारलाई नातिकाजी राष्ट्रिय संगीत पुरस्कार
‘मितज्यू’को ट्रेलरमा मितबिच नै द्वन्द्व
मुख्यमन्त्री विजयले प्रेमिकाको चलचित्रलाई खोले बिहानी सो
फुटबल महाकुम्भ ‘फिफा विश्वकप २०२६’ : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै






