सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा १३ जना कोरोना संक्रमित पुष्टि भएपछि नगरपालिकालाई सिल गरिएको छ । नगरपालिकाले शुक्रवार १३ जनामा कोभिड–१९ पोजेटिभ देखिएपछि कोरोनाको जोखिमबाट नगरवासीलाई बचाउन वडा नं. १ देखि १२ सम्मलाई नै शिल गरिएको गोडैता नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सूचना जारी गर्दै औषधी पसल बाहेक अन्य सबै पसलहरु तथा बितिय संस्था, गैर सरकारी संस्थाहरु, नगरपालिकाको अति आवश्यक सेवा बाहेक नगरपालिकाको अर्को सूचना जारी नहुन्जेल सम्मको लागि पूर्ण रुपमा बन्द गरी सिल गरिएको जनाएको छ ।
यसैगरी सर्लाहीामा शुक्रवार पुष्टि भएको १५ जना कोरोना संक्रमित मध्ये १४ जनालाई प्रादेशिक अस्पताल जनकपुर पठाईएको छ । १५ जना संक्रमित मध्ये रामनगर गाउँपालिका बहौर्बाका एक जना र गोडैता नगरपालिकामा १४ जना मध्ये पुष्टि भएको १३ जनालाई प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।
गोडैता नगरपालिका वडा नं. १ बस्ने ३४ वर्षिय पुरुषा, वडा नं. ८ बस्ने ३४ वर्षिय पुरुष, वडा नं. ९ बस्ने १८ वर्षिया महिला, वडा नं. १२ बस्ने ३८ वर्षिय पुरुष र वडा नं. ११ बस्ने २५, ३२, २७, २५, २२, ३८, ३८, २४, ३५ वर्षिय पुरुषहरु गरी जम्मा १३ जना र एक जना रामनगरको गरी जम्मा १४ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको गोडैता नगरपालिकाकोे नगर प्रमुख देवेन्द्र रायले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ति अनुसार गोडैतामा नै १४ जना संक्रमित पुष्टि भएको लेखिए पनि १ जना नगरपालिका नभेटिएको नगर प्रमुख रायले बताए ।
कोरोना संक्रमित व्यक्तिहरु सबैभन्दा बढि वडा नं. ११ का ९ जना भारतको मुम्बई बाट, दिल्ली बाट २ जना, हरियाना बाट एक जना र गुजरात १ जना केहि दिन पहिला आएको नगर प्रमुख रायले बताए ।
केहि दिन अघि गोडैता नगरपालिकामा रहेको बेणीभोला माविको क्वारेन्टाइनमा रहेका गोडैताका ८१ जनाको स्वाब पिसिआर प्रविधिमा परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौ पठाइएको मध्येबाट शुक्रवार ५६ जनाको रिपोर्ट आएको थियो बाँकी रहेका २५ जनाको रिपोर्ट आउन बाँकी नै छ ।
५६ जनामै १३ जना कोरोना संक्रमित भेटिएको गोडैताका प्रमुख प्रशासकीय अधिकृत बिकाउ यादवले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तिमा गोडैताका १४ जना कोरोना संक्रमित भेटिए पनि एक जनाको कुनै पनि वडामा नाम नभेटिएकोले एक जना शंकास्पद नै रहेको प्रशासकीय अधिकृत यादवले बताए ।
हाल गोडैता नगरपालिकामा सिसौटिया, गोडैता, सिमरा भगवतीपुर,बेल्वा जब्दी र मधुवनी गरी पाँच ठाउँमा रहेको क्वारेन्टाइनमा भारतबाट आएको १ सय ६४ जना बसिरहेकोमा बाँकी रहेको शंकास्पद बिरामीलाई पनि कोरोना संक्रमण पत्ता लगाउन पिसिआर प्रविधिमा परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु छिटै पठाइने गोडैता नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद पंडितले जानकारी दिए ।
यस अघि पनि रामनगर गाउँपालिका बहुअर्वा गाउँकै १८ वर्षिया युवती ,धनकौल गाउपालिकामा एकजना १४ वर्षिय बालक, हरिपुर्वा नगरपालिकामा वडा नं ३ धनकौलमा एकजना ४५ वर्षिय व्यस्क, हरिवन –९ नयाँरोड डेरा गरी बस्ने उदयपुरको त्रियुगा नगरपालिका का ३४ वर्षिय र बागमती–९ शंकरपुर सोल्टी बस्ने २७ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भैसकेको छ ।






