सामूहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ (फोटोफिचर )

काठमाडौँं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा सामूहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना भएको छ । आइतवार बानेश्वर स्थित प्रदर्शनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद् भवन) अगाडिको सडक पेटीमा आइतबार ‘नदबिने आवाज’ आयोजना गरिएको हो ।

प्रदर्शनीमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मृति, सुशासनको माग र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा विभिन्न कलाकृति प्रदर्शित गरेका छन् । कलाकारहरूले यो प्रदर्शनीमार्फत युवाहरूको दबिएको आवाजलाई कलाको माध्यमबाट जीवन्त बनाउने प्रयास गरेका छन् ।

प्रदर्शनीमा विभिन्न चित्रकला, मूर्तिकला र अन्य कलाकृति प्रदर्शित छन् । यो कार्यक्रमले आन्दोलनको भावनालाई जीवित राख्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ