के हो कुलायन पूजा ?

बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो, नेपाल । यहाँको सामाजिक संरचना परिवार, वंश, कुल र समुदायमा आधारित छ । प्रत्येक जाति, थर र वंशको आ–आफ्नै सांस्कृतिक पहिचान, धार्मिक विश्वास र परम्परा छन् । तीमध्ये कुलदेवता पूजा र कुलायन पूजा नेपाली समाजको महŒवपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परामध्ये एक हो । कुलायन पूजा धार्मिक कर्मकाण्डमात्र नभई पुर्खाको सम्झना, वंशीय ऐक्यबद्धता र सांस्कृतिक निरन्तरताको प्रतीक हो । यो नेपाली समाजमा कुलायन पूजा (कुलदेवता पूजा वा कुलपूजा) गहिरो सांस्कृतिक र धार्मिक परम्परा हो ।

आफ्नो वंश, गोत्र र कुलका संरक्षक देवताप्रति सम्मान, कृतज्ञता र सुरक्षा प्राप्त गर्ने उद्देश्यले यो पूजा गरिन्छ । मेरै सन्दर्भमा एकथरी खरेल थर मुख्य रूपमा बाहुन (ब्राह्मण) समुदायमा प्रचलित छ र यो थरका व्यक्तिको कुलायन पूजा अन्य बाहुन–क्षेत्री कुलझैं मस्टो परम्परा (मष्ट देवता पूजा)सँग जोडिएको छ । नेपालको पहाडी खस समुदायमा मस्टोलाई मुख्य कुलदेवताका रूपमा मानिन्छ । जसको पूजा प्राचीन खस संस्कृतिबाट आएको हो । सोही खरेलहरूको कुलायन पूजा पनि यो परम्पराभित्र पर्छ । जहाँ कुलदेवताको रूपमा मस्टो, शिव वा अन्य स्थानीय देवताको आराधना गरिन्छ । यो परम्परा नेपालको सांस्कृतिक पहिचानको अभिन्न अंग हो । जसले परिवारिक एकता, पुर्खाप्रतिको श्रद्धा र सामाजिक सद्भाव कायम राख्छ । कुलायन पूजाको महŒव शास्त्रमा पनि उल्लेख छ, जस्तै अथर्ववेदमा ‘कुलायन’ शब्दबाट यो परम्परा उत्पत्ति भएको मानिन्छ ।

ऐतिहासिक पृष्ठभूमि
यो पूजा पूरानो थातथलो खरेलथोकबाट सुरुवात भएको थियो । सो कुलायन पूजा १७औं वा १८औं शताब्दीतिरबाट प्रत्येक तीन वर्षको अन्तरालमा हुने गरेको छ । यो पौष शुल्कपक्ष पञ्चमीको दिन कुलायन पूजा हुन्छ । यो प्रकृति र पुर्खा शक्तिको प्रतीक हो । जबकी जुम्ला, हुम्लाजस्ता पश्चिम नेपालबाट मस्टो पूजा पूर्वतिर फैलिएको मानिन्छ । त्यसमध्ये खरेलजस्ता बाहुन कुलमा यो पूजा वैदिक र तान्त्रिक प्रभावसँग मिसिएर विकसित भयो । जुन प्राचीनकालमा कुलायन पूजा परिवार र वंश सुरक्षाका लागि अनिवार्य मानिन्थ्यो । यो वैदिककालदेखि नै कुलदेवताको पूजा गर्दा वंश वृद्धि, रोग–व्याधिबाट मुक्ति र समृद्धि प्राप्त हुने विश्वास थियो । खस साम्राज्य (११औं–१४औं शताब्दी)मा मस्टो पूजा राज्यस्तरीय पनि हुन्थ्यो । वस्तुतः पछि हिन्दु प्रभाव बढ्दा मस्टोलाई महादेव वा शिवसँग जोडियो । जसले गर्दा खरेलहरूको कुलमा पनि यो परम्परा पुस्तान्तरण हुँदै आयो ।

नेपालको इतिहासलाई हेर्ने हो भने मध्यकालमा गोरखा राज्य विस्तारसँगै कुलपूजा अझ सुसंगठित भयो । पाण्डे, वस्नेत, कार्की, बस्न्यातजस्ता कुलको जस्तै खरेलहरूले पनि ३ वर्षे, ५ वर्षे, १२ वर्षे वा वार्षिक कुलायन पूजा गर्ने चलन थियो । यस पूजामा धामी–झाँक्रीको भूमिका महŒवपूर्ण हुन्थ्यो । धामीमा देवता प्रवेश गरेर नाच्ने, बलि दिने र रगत पिउनेजस्ता तान्त्रिक विधि प्रचलित थिए । यो पूजा प्रायः उधौली–उभौली (फसल कटनी र रोपाइँको समय)मा गरिन्थ्यो, जसले कृषि जीवनसँग जोडिन्छ ।

नेपालको इतिहासलाई हेर्ने हो भने मध्यकालमा गोरखा राज्य विस्तारसँगै कुलपूजा अझ सुसंगठित भयो । पाण्डे, वस्नेत, कार्की, बस्न्यातजस्ता कुलको जस्तै खरेलहरूले पनि ३ वर्षे, ५ वर्षे, १२ वर्षे वा वार्षिक कुलायन पूजा गर्ने चलन थियो । यस पूजामा धामी–झाँक्रीको भूमिका महŒवपूर्ण हुन्थ्यो । धामीमा देवता प्रवेश गरेर नाच्ने, बलि दिने र रगत पिउनेजस्ता तान्त्रिक विधि प्रचलित थिए । यो पूजा प्रायः किरात समुदायमा उधौली–उभौली (फसल कटनी र रोपाइँको समय)मा गरिन्छ, जुन कृषि जीवनसँग जोडिन्छ । इतिहासमा कुलायन पूजाले सामाजिक एकता कायम राख्थ्यो । यसर्थ परिवारका सबै सदस्य मूलथलोमा भेला हुन्थे, पुर्खाको सम्झना गर्थे । समय अन्तरालसँगै बलि प्रथामा बोका, राँगो आदि अनिवार्य थियो । किनकि देवतालाई रिसाउन दिन हुन्न भन्ने मान्यता थियो । विभिन्न किसिमका जनश्रुति र अन्य स्रोतका अनुसार रेग्मी, सुवेदीजस्ता कुलको पूजामा पनि यस्तै विधि थिए । अनि यसैक्रममा खरेलको कुलमा पनि शुद्धता (नुहाइधुवाइ, शाकाहारी भोजन अघिल्लो दिन) र षोडशोपचार पूजा प्रचलित थियो । यो परम्परा हिजोको नेपालमा परिवारको सुरक्षा कवच थियो ।

वर्तमान अवस्था र अभ्यास
आजको समयमा खरेलको कुलायन पूजा अझै जीवन्त छ । तर आधुनिकता र सहरीकरणले केही परिवर्तन ल्याएको छ । सहरमा बस्ने खरेल परिवार मूलथलोमा जान कठिनाइ हुन्छ । तर पनि वार्षिक वा तीन वर्षे पूजा गर्दा ठूलो भेला हुन्छ । धेरैजसो पूजा मस्टो थानमा गरिन्छ । जहाँ धामी अर्थात् पूजारीले देवता बोलाउँछन् र पूजाआजा हुन्छ । वर्तमानमा पूजाको विधि परम्परागत नै छः अघिल्लो दिन शुद्ध हुनु, नरिवल, पूजाको दिन फलफूल, खीर, दूधको भोग लगाउनु, बलि दिनु आदि रहेको छ । तर, पशु अधिकार र अहिंसा अभियानले बलि प्रथामाथि बहस चलेको छ । केही खरेल परिवारले नरिवल फलफूल र दूधमात्रको भोगले पूजा गर्न थालेका छन् । गीतामा हिंसालाई ‘महापाप’ भनिएकाले यो परिवर्तन सकारात्मक मानिन्छ । आज कुलायन पूजा परिवारिक मिलनको अवसर बनेको छ । विदेशमा बस्ने पनि भिडियो कलमार्फत जोडिन्छन् ।

नेवाः समुदायमा जस्तै देवाली खलक बनाएर पूजा गर्ने चलन बाहुन–क्षेत्रीमा पनि बढ्दो छ । त्यसरी नै खरेलमा पनि कुल खलक भेला भएर बाजागाजासहित पूजास्थल जाने चलन छ । यसको वर्तमान चुनौतीका रूपमा भने युवापुस्तामा परम्पराप्रति उदासीनता, बलि प्रथा विवाद र सहरमा थान नहुनु हुनु । तर, यो पूजा अझै नेपालको सांस्कृतिक धरोहर हो । आजको प्रविधयुक्त युगमा युट्युबमा खरेल वा समान कुलको पूजा भिडियो हेर्दा यसको जीवन्तता देखिन्छ । जबकी कुलायन पूजाले मानसिक शान्ति र परिवारिक बन्धन बलियो बनाउँछ ।

भविष्यको सम्भावना र संरक्षण
भविष्यमा कुलायन पूजा कायम रहने सम्भावना बलियो छ । तर रूप परिवर्तन हुन सक्छ । आधुनिकता, वैश्वीकरण र पर्यावरण चेतनाले बलि प्रथा कम हुँदै जानेछ । फलफूल–दूधको शाकाहारी पूजा बढ्ने छ । जसले अहिंसा र पर्यावरण संरक्षणसँग जोडिन्छ । भोलि यो पूजा डिजिटल माध्यमबाट पनि हुन सक्छ । साथै, अनलाइन भेला, भर्चुअल पूजा अािद हुनसक्छ ।

युवाले यसलाई सांस्कृतिक पर्यटनसँग जोडेर संरक्षण गर्न सक्छन् । सरकार र सामुदायिक संस्थाले कुलथान संरक्षण गर्नुपर्छ । शिक्षा प्रणालीमा कुलपूजाको महŒव समावेश गरे युवापुस्ता जोडिने छ । यसका चुनौती दृष्टिगत गर्ने हो भने धार्मिक कट्टरता वा नास्तिकताले परम्परा हराउन सक्छ । तर, कुलायन पूजाले दिने परिवारिक एकता र पुर्खाप्रतिको सम्मान अमर छ । भविष्यमा यो पूजा अझ समावेशी र पर्यावरणमैत्री बन्नेछ ।

आज आएर भेटघाट र पहिचानमा आधारित छ र भोलि यो दर्शन र सामाजिक सेवामा आधारित हुनुपर्छ । अतः आफ्नो वंशको जरो बिर्सनु भनेको अस्तित्व गुमाउनु हो । त्यसैले समयअनुसार परिवर्तन आत्मसात् गर्दै मौलिकता जोगाउनु नै आजको आवश्यकता हो । यसलाई संरक्षण गर्दा नेपाली पहिचान जीवन्त रहनेछ । आधुनिकतासँग अनुकूलन गर्दैगर्दा पनि मौलिकता कायम राख्न चुनौती सामना गर्नुपर्ने हुन्छ । भविष्यमा परम्पराको अस्तित्व संरक्षण र अनुकूलन सन्तुलन, प्रविधि सदुपयोग, युवा सहभागिता र सामुदायिक सशक्तिकरणमा निर्भर हुनेछ । कुलायन पूजा केवल धार्मिक अनुष्ठान होइन, सामूहिक स्मृति, सांस्कृतिक विरासत र पहिचानको प्रतीक हो । नेपालको सांस्कृतिक विविधतामा कुलायन पूजाजस्ता परम्पराले देशको समृद्ध सांस्कृतिक तानाबाना बलियो बनाउँछन् ।
(लेखकको यो निजी विचार हो ।)

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी