सामान्य शब्दमा भन्नुभर्दा राजनीति ‘नागरिक दृष्टिकोण’ नै हो । यसको उत्पत्ति पनि आमनागरिकको भावना, चाहना र समसामयिक परिवर्तित विचारले नगराएका हुन् । यही जनअपेक्षा केन्द्रमा राखी विश्वप्रसिद्ध दार्शनिकहरूले समयानकुलकै राजनीतिक सिद्धान्त पनि क्रमशः प्रतिपादन गर्दै ल्याए । ‘सर्वजन हिताय’ राजनीतिको प्रमुख विशेषता हो । यस पृष्ठभूमिबाट उत्पन्न राजनीति कहिल्यै पनि व्यक्ति प्रभावित बन्नुहुँदैन । न त ‘हुकुमी शैली’मै सञ्चालित नै गर्नुहुन्छ । आमनागरिकको दृष्टिकोणमै टेकिएर बनाएको विधानलाई दलको कानुन मानिन्छ । विद्यमान र सिद्धान्तमा आधारित राजनीति स्वच्छ र पारदर्शी हुन्छ । तर यसविपरीत व्यक्ति विशेषको लहडमा सञ्चालित राजनीति भने ‘हुकुमी शैली’को ठानिन्छ ।
रानीतिक दलमा व्यक्ति होइन, सिद्धान्तमा अडिग समूह नै हावी हुनुपर्दछ । शीर्षनेताको दायिŒव त सामूहिक भावनामा आधारित दलीय नीति कार्यान्वयन गराउने भूमिका निर्वाह गर्ने हो । यसक्रममा दलीय नेताले आफ्नो स्वच्छ र पारदर्शिता डगमगाउन दिनुहुँदैन । दलीय नेतृत्वले स्वच्छ र पादर्शिताको नमुना बन्नुपर्दछ । यही उद्देश्य राखेर दलले नेता छनोट गरेको हुन्छ । यही उद्देश्यले नै विश्वमा नेता वा राज्यप्रशासक अथवा राजा छनोट गर्ने परिपार्टी प्रारम्भ भएको थियो । ‘राजा र राज्य प्रशासक छनोट गर्ने प्रचलन विश्वमा कसरी प्रारम्भ भयो ? र त्यही प्रचलनले विश्वमा राजनीति विजारोपण पनि कसरी गरायो ?’ भन्ने’bout हालसम्म प्राप्तमध्येकै सबैभन्दा पुरानो दृष्टान्त केलाउन सकिन्छ ।
पूर्ववैदिक युग अर्थात् इपू २५ सयतिर एसियाली मुलुकमा राजा व्यवस्था थिएन । एसियाली मुलुकमध्येकै मध्यदेश पुरानो देशमध्येमै पर्दथ्यो । कालान्तरको मध्यदेश अहिलेको भारतको लखनौ पूर्व, गोरखपुर पश्चिम गंगानदी उत्तर र नेपाल दक्षिणमा पर्दथे । गाउँवस्तीमा आपराधिक कार्य हुँदैनथ्यो । मानिस सामान्य अवस्थामै आफ्ना पेसामा आबद्ध हुन्थे । समाजको अगुवा नै कोही हुँदैनथे । तर बस्ती विस्तारित हुँदै गएपछि ‘तेरो र मेरो’ भन्ने भावना जागृत हुँदै आयो । यहीक्रममा कामकार्यकै सिलसिलामा प्रतिस्पर्धा हुन थाल्यो । यसपछि एकअर्कोलाई हेप्ने, होच्याउने, थिचोमिचो गर्ने, बलियोले निर्धोलाई दपेट्ने, दुर्बल, निमुखो र निर्दोषलाई जीवन गुजारा गर्न नै कठिन पर्न थाल्यो । ‘यसलगत्तै गाउँ समाजमा अगुवा आवश्यक छ, जसले समाजमा अन्याय हुन नदिने व्यवस्था गर्नुपर्दछ’ भन्ने जनमानसिकता विकसित भयो । त्यसपछि नै मध्यदेशका जनताले सर्वप्रथम वैवश्वत मनुलाई इपू २५ सयतिरै मध्यदेशको राजा छानेका थिए । समाजमा अन्याय हुन नदिने राजाको मुख्य भूमिका हुनुपर्ने व्यवस्था पनि मिलाइएको थियो । त्यतिखेर राज्यको राजधानी तोक्ने प्रचलन पनि थिएन । राजा मनुका ‘८ भाइ छोरा’ र ‘इला’ नाम गरेकी एक छोरी थिइन् । राजा मनुले आफ्नै जीवनको उत्तराद्र्धमा जेठो छोरा इच्छ्वाकुलाई मध्यदेशकै आफ्नो उत्तराधिकारी तोकिदिए भने अन्य छोराछोरीसमेतलाई आसपासमा अलग्गै राज्य तोकी राजा बनाएका थिए । यसपछि देशको संख्या बढ्यो । पछि मनुकै वंशमामा अरू पनि ‘मनु’ नाम गरेकै व्यक्ति राजा बन्न पुगेपछि भने पहिलो राजा ‘वैवश्वत मनुलाई’ ‘प्रथम मनु’ भन्न थालियो । यिनै प्रथम मनुले आफूले राज्य सञ्चालन गर्दा अपनाएको सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक र नैतिक नीति नियम समेटी तयार पारेको स्मृतिलाई अहिले ‘मनुस्मृति’ भनिन्छ । जुन यद्यपि अनुशरणीय छ ।
मनुको छोरापट्टिका सन्तानलाई पछि ‘सूर्यवंशी’ भन्न थालियो भने छोरी इलातर्फका सन्तानलाई ‘चन्द्रवंशी’ भनियो । इलातर्फकै सन्तानमध्येको एक हाँगालाई पछि ‘ग्वाला’ भन्न थालियो । त्यही ग्वाला समूहमा महाभारतका समय भगवान् श्रीकृष्णको जन्म भएको विश्वास गरिन्छ । प्रथम मनुले शासन गरेको मध्यदेशको राजाधानी ‘अयोध्या’ भनी उनकै पछिल्ला पुस्ताले नामकरण गरिदिएका थिए । मध्यदेशको राजधानी अयोध्या भए पनि पछि राजधानी अयोध्याकै नाम बढी प्रचलनमा आउँदा देशकै नाम ‘अयोध्या’ बन्न पुग्यो । प्रथम मनुकै राजवंशको ९४औं पुस्ताका राजा ‘सान्त्वनु’को पालापछि नै पाँच पाण्डवको समय महाभारत युद्ध भएको मान्यता छ । प्रथम मनुको वंशका २०औं पिँढीका राजा मानदाता ३१औं पिँढीका राजा हरिचन्द्र, ४५औं पिँढीका राजा भगिरथ, ६१औं पिँढीका राजा दिलीप र ६४औं पिँढीका राजा दशरथ अयोध्याका प्रतापि राजा मानिन्छन् । भारतको प्रसिद्ध गंगा नदीलाई राजा भगिरथको नामसँग जोडेर पछि ‘भागिरथी गंगा’ भनी नामकरण गरिएको थियो । मनुको वंशको अयोध्याको राजखलकलाई विश्वकै सबैभन्दा लामो र प्रमाणित राजखलक मानिन्छ ।
पछिल्लो समय नेपालको राष्ट्रिय राजनीतिमा विकसित हुकमी शैली स्थापनाकालकै राजनीतिक उद्देश्यसँग तुलना गरी हेरौं । हाम्रोमात्र होइन, विश्व राजनीतिकै मुख्य उद्देश्य जनआवश्यकता र चाहनाअनुसारकै राज्य सञ्चालन र मुलुक एवं मुलुकवासीकै हित र कल्याण गर्ने नै हो । राज्य सञ्चालकले राजनीतिको यही आधारभूत मान्यता साकार बनाउन निःस्वार्थ र पारदर्शी कार्य गरेको हुनुपर्दछ । यसक्रममा राजनीतिलाई अवसरका रूपमा होइन, सेवा र चुनौतीको दृष्टिकोणले हेर्नुपर्दछ ।
राजनीतिक सिद्धान्तलाई पूर्ण रूपमा इमानदारितासाथ पालन गर्नुपर्दछ । विश्वले लोकप्रिय ठानेकै लोकतान्त्रिक व्यवस्थालाई पछिल्लो समय नेपाली जनताले अँगालेका हुन् । अन्तरदलीय राजनीतिक प्रतिस्पर्धा र दलीय वैयक्तिक स्वतन्त्रता त लोकतन्त्र प्रदत्त दलीय विशेषता नै हुन्, जुन अपरिहार्य मानिन्छन् ।
दलबीच हुने पारस्परिक प्रतिस्पर्धा पनि सर्वसत्तावाद एवं एकाधिकार प्राप्त गर्न होइन, देश र जनहित हुने राम्रो कार्य गर्नकै लागि हुनुपर्दछ । तर हाम्रो राष्ट्रिय राजनीतिमै प्रभावशाली मानिएका ठूला दलले नै लोकतान्त्रिक मूल्य र मान्यता लत्याउँदै आए । यसैको परिणाम दलीय वैयक्तिक स्वतन्त्रता नै कुण्ठित हुँदै आयो । दल होइन, नेतृत्व हावी हुन थाल्यो । निरुत्साहित हुुनुपर्ने यही प्रवृत्ति अझै मौलाएपछि त दल नै दलीय शीर्षस्थ नेताकै नामसँग जोडिएको ‘ट्रेडमार्क’ले परिचित हुन थाल्यो । ओली मार्काका दल, देउवा मार्काका दल र प्रचण्ड मार्काका दल यसका दृष्टान्त हुन्, जसले नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रकै परिचय दिन्छ । ‘ट्रेडमार्क’बाट दल चिनिन थालेपछि भने पार्टीपंक्ति नै शीर्षस्थ नेतृत्वकै ‘हुकुमी शैली’मा सञ्चालित हुन थाल्यो । पार्टीका अन्य नेता–कार्यकर्ता त शीर्षस्थ नेताकै कठपुतली बन्दै आए । यो हाम्रो राष्ट्रिय राजनीतिकै पछिल्लो परिदृश्य हो ।
‘हुकुमी शैली’लाई चाकडीदार प्रवृत्तिले त झनै शिखरमै चढायो । यसपछि शीर्षस्थ नेता रिझाउने व्यक्तिमात्रै स्थानीय पालिकादेखि सांसदसम्म चुन्ने विकृति बढ्दै आयो । यसैको परिणाम कार्यकारी प्रधानमन्त्रीलाई लगाम लगाउनुपर्ने संसद्लाई प्रधानमन्त्रीले नै लगाम लगाएर आफ्नो पछि डो¥याउन थाले । यही गलत प्रवृत्तिले अन्ततः जेनजी आन्दोलन निम्त्यायो । जुन अत्यावश्यक थियो ।
प्रभावशाली दलको हैकमवादी शैलीले नीतिगत राजनीतिक सिद्धान्त र मान्यतालाई महŒव दिँदैन । नीतिगत निर्णय नै व्यक्तिको चाहना बनेको दृष्टान्त पनि देखिइसकेको छ । स्मरण रहोस््, लोकतन्त्र स्थापित भएयता मुलुकको कार्यकारी प्रधानमन्त्री भएका व्यक्तिमध्ये गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको मृत्यु भइसकेको विदितै छ । अन्य प्रधानमन्त्रीमध्ये डा. बाबुराम भट्टराई, खिलराज रेग्मीबाहेक कोही पनि स्वच्छ र पारदर्शिताका नमुना बन्न सकेनन् । केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल त बदनामै बने । यी व्यक्तिलाई उनीहरूकै कार्यशैली र व्यवहारलाई साथ दिने चाकडीदार प्रवृत्तिले जनताका नजरबाटै नंग्याइदियो ।
जेनजी आन्दोलनताका हराएका यी शीर्षस्थ व्यक्तिŒव अहिले फेरि साविकमै फर्कने दुष्प्रयास गर्दै सल्बलाएका छन् । उनीहरूलाई ‘अझै जनताले साथ दिन्छन् वा दिँदैनन् ?’ त्यो आगामी २१ फागुनपछि नै थाहा हुने नै छ । ‘दुर्गन्धित व्यक्ति’लाई नै अझै पनि दलीय नेता– कार्यकर्ताले बोकिरहनुको कारण र औचित्य’bout पनि संक्षिप्त चर्चा गरौं । केही समयअघि नै केही पूर्वप्रधानमन्त्री संलग्न रहँदै आएको दुई तीनवटा कम्युनिस्ट पार्टी मिली ‘नेपाल कम्युनिस्ट पार्टी’ नामक नयाँ दल गठन भयो । व्यक्ति उही, कार्यशैली र प्रवृत्ति उही तर दल भने नयाँ बने पनि त्यसले जनता आकर्षित गराएको पाइएको छैन । परिवर्तित राजनीतिक जनमानसिकतालाई त्यो दलले सम्बोधन गर्न सक्छ व सक्दैन ? त्यो त भविष्यले नै बताउने छ । तथापि यसलाई परिवर्तनको संकेत त मान्नैपर्दछ । यसैगरी हालै पार्टीको ११औं महाधिवेशन सम्पन्न गरी साविककै नेतृत्वलाई निरन्तरता दिएको ठूलो दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले त परिवर्तित जनमानसिकतालाई मतलब नराख्ने प्रचारबाजी नै गर्दै आएका छन् ।
अर्को ठूलो दल नेपाली कांग्रेसले पनि निकट भविष्यमा महाधिवेशन गर्ने उद्घोष गरिसकेको छ । कांग्रेस महाधिवेशनको परिणाम परिवर्तित परिवेशअनुकुलै आउँला वा नआउँला ? त्यो निश्चित छैन । तथापि, नेकपा एमालेको हालैको महाधिवेशनले भने ‘दलीय हैदकमवाद ठीक होइन, यसलाई परिवर्तन गर्नुपर्दछ’ भन्ने स्पष्ट संकेत दिएको छ । जुन सकारात्मक हो । एमालेको पार्टीभित्रैबाट उत्पन्न हैकमवादविरुद्धको कदमलाई ठूला र प्रभावशाली मानिएका अन्य सबै दलले अनुशरण गरे निश्चय नै राष्ट्रिय राजनीतिबाट हैकवाद अन्त्य हुनेछ ।
ढिलै भए पनि एमालेको पहिलो र दोस्रो तहकै धेरै नेतामा परिवर्तनकारी सोच आउनु ‘हिजोभन्दा आज एमाले सचिनु हो’ भनी बुझ्नुपर्दछ । एमाले पार्टीमा हैकमवादलाई पराकाष्टमा पु¥याउने मुख्य भूमिका नै उसकै पहिलो र दोस्रो तहकै नेता हुन् । जसले शीर्षस्थ नेतालाई सिंगो पार्टी पंक्तिकै सर्वाधिकार नै सुम्पिदिए । यतिमात्र होइन, पार्टीको आन्तरिक लोकतन्त्र नै शीर्षस्थ नेताको खल्तीमा राखिदिए । यसपछि पार्टी अध्यक्षले जे भन्छन्, त्यही मान्नु, जे अह्राउँछन् त्यही गर्नु, अध्यक्षकै स्वार्थलाई साथ सहयोग पु¥याउनु तथा जसरी प्रयोग गर्छन् त्यसैगरी प्रयोग भैदिनु सिंगो पार्टीकै कर्तव्य ठानियो । यस अवस्थामा केपी ओलीको हैकमवाद शिखरमा पुग्नु स्वाभाविक थियो । तर यही प्रवृत्ति गलत भयो भन्ने तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल खेमाका नेताले महसुस गरे । पार्टी लोकप्रिय बनाउन चाहने व्यक्तिले अझै पनि ओलीकै पछि लाग्नेभन्दा ईश्वर पोखरेल खेमालाई साथ दिए, त्यो एमाले पार्टीकै लागि उत्तम हुने छ ।
यो दृष्टिकोणलाई अन्य पार्टीकै नेताले अनुशरण गर्दै आए हैकमवाद अन्त्य हुन समय लाग्दैन । राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्रको महŒव ठूलो छ । हरेक सदस्यले पार्टीमा आफ्नो विचार खुलस्त रूपमा राख्न पाउनुपर्दछ । पारस्परिक विचार मन्थनबाटै निष्कर्ष निकाल्नुपर्दछ । सामूहिक निष्कर्ष नै दलीय निष्कर्ष हुने भएकाले, त्यसैलाई शीर्षस्थ नेताले लागू गराउनुपर्दछ । नेता स्वैच्छाचारी भए दलले लगाम लगाउन सक्नुपर्दछ । यही परिपाटीमा पार्टी सञ्चालित भए ‘हुकुमी शैली’कै अन्त्य हुन्छ । पुराना ठूला दलमा आउनुपर्ने मुख्य सुधारै यही हो ।






