लक्ष्मी माविको विव्यस अध्यक्षमा गुरुङ निर्वाचित

पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ स्थित लक्ष्मी माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा खेम बहादुर गुरुङ निर्विरोध चयन भएका छन्। विद्यालय व्यवस्थापन समितिको बैठकले सदस्यहरू मध्यबाट गुरुङलाई अध्यक्षमा मनोनित गरेको हो ।

अभिभावक भेलाबाट सविना गौतम र डुल बहादुर पुन सदस्यमा चयन भएका थिए भने वडा शिक्षा समितिले सिता बस्ताकोटी र इश्वरी कुमारी जि.सी. लाई सदस्यमा मनोनित गरेको थियो । कर्ण बहादुर जि.सी. लाई पनि समितिले सदस्यमा मनोनित गरेको थियो । शिक्षक–अभिभावक संघको अध्यक्षमा यसअघि नै मथुरा प्रसाद श्रेष्ठ निर्वाचित भएका छन्।

वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले नवगठित व्यवस्थापन समितिलाई बधाई दिँदै भने, “विद्यालय सुधार र विकासमा राजनीतिक आस्था भन्दा माथि उठेर सक्षम व्यक्तिलाई अवसर दिनुपर्छ ।”

अध्यक्ष गुरुङले लामो समय विभिन्न संघ–संस्थामा अनुभव हासिल गरेको उल्लेख गर्दै, शिक्षाको गुणस्तर वृद्धिका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले विद्यार्थी संख्या कम हुनु आफ्नो प्रमुख चिन्ता भएको बताए ।

कार्यक्रममा प्रधानाध्यापक जगन्नाथ अधिकारीले शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिबीच सहमति र समन्वय आवश्यक रहेकोमा जोड दिए।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

epaper

ताजा समाचार

एकैपटक नारायणी अस्पतालका सबै चिकित्सकले किन दिए राजीनामा ?