वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालका सबै चिकित्सकले राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा डाक्टरहरूले सामूहिक राजीनामा दिएका हुन्।
प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपीको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले माग पूरा नभएपछि सामूहिक राजीनामा दिएका हुन्। दुवै जनाको राजीनामा नआए देशभरकै चिकित्सकले राजीनामा दिने चेतावनी उनीहरूले दिएका छन्।
अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा रामसुफल रामअनुसार ७० जना चिकित्सक रहेको उक्त अस्पतालका ३० जनाले सोमबार राति १० बजे नै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसहेका छन्। उनले भने, ‘अहिलेसम्म ६०र६५ जनाले राजीनामा बुझाइसकेका छन्। केहीले आज बुझाउनुहुन्छ होला ।’
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
धनगढी उपमहानगरद्वारा दशरथ चन्द विश्वविद्यालय परिसर सरसफाइ
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह
रौतहट प्रहरीको एक वर्षः ४४८ फरार प्रतिवादी पक्राउ
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम






