बाख्रा चराउन गएकी बालिकालाई बलात्कार प्रयाश

उदयपुर । उदयपुरको बिभिन्न स्थानमा बलात्कार प्रयास भएका छन् । उदयपुरको लिम्चुङबुङ गाउँपालिका– २ की १३ वर्षिय बालिकालाई बलात्कार प्रयास गर्ने १८ वर्षिय किशोर अभिषेक खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

घर नजिकैको जंंगलमा बाख्रा चराउन गएको समयमा खत्रीले बालिकालाई बलात्कार प्रयास गरेको भन्दै बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दिएपछि उनलाई पक्राउ गरि आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) बीरबहादुर बुढा मगरले जानकारी दिए ।

त्यसैगरी उदयपुरकै ताप्ली गाउँपालिका– २ ओख्लेकी ८ वर्षिय बालिकालाई स्थानीय ओडारेका ६५ वर्षिय छबिलाल राईले ललाई फकाई बलात्कार प्रयास गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दिएपछि प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरि ल्याएको र हाल आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका (एसपी) बुढा मगरले बताए ।

इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको गस्ती टोलीले बेलका नगरपालिका– २ बानडाँडाबाट अबैध लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । भागलपुरबाट रामपुर तर्फ आउँदै गरेको प्र १–०२–०४१ प ११८ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागु औषध बरामद भएको हो ।

पक्राउ पर्नेमा बेलका नगरपालिका– ९ का २३ वर्षिय बिष्णु भन्ने मातृका सापकोटा, २४ वर्षिय सबिन खड्का रहेको छ । उनीहरुको साथबाट लागु औषध लुपिजेसिक ६ एम्पुल ,फेनागन ६ एम्पुल र डाजेल्याब ४ एम्पुल, डाजेल्याब २ ( फुटेको) एम्पुल र १० ग्राम गाँजा बरामद भएको र मो.सा. सहित नियन्त्रणमा लिई ईप्रका रामपुरमा राखि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 326 times, 1 visits today)

epaper

ताजा समाचार

साताव्यापी ‘हिमालयन लिटरेचर फेस्टिबल’ सम्पन्न