‘केही भएन, केही हुन सक्दैन’ भाष्य ‘घातक’

‘देशमा केही भएन, केही हुन सक्दैन’ भन्ने भाष्य प्रयोग गरिन्छ । यस्तो भाष्य समाजघातक हो । पछिल्लो समय युुवापुस्ता सामाजिक सञ्जालमा नैराश्यता मिश्रित ‘स्टाटस’ लेखिरहेका छन् । भेटघाट, अध्ययन, छलफल, चिया गफ हर ठाँउमा निराशायुक्त कुराले स्थान पाइरहेका छन् । यही नैराश्यताका कारण कतिपय युवा मानसिक समस्यामा परेका छन् । कतिपय विदेसिइरहेका छन् । सरकारी तथ्यांकअनुसार एकदिनमा १५ सयभन्दा बढी युवा रोजगारी तथा अध्ययनका लागि भनेर विदेसिएका छन् । तथ्यांकअनुसार झण्डै २ लाख ५० हजार युवा लागूऔषध दुव्र्यसनको कुलतमा फसेका छन् । सामाजिक अपराधमा युवा संलग्नता ८० प्रतिशतभन्दा बढी छ । समाजशास्त्रका संस्थापकमध्येका एक इमानुयल दुर्वाइमले एउटा पुस्तक लेखेका छन्, ‘सुसाइड’ । यस पुस्तकमा उनले कुनै पनि व्यक्तिले गर्ने आत्महत्या व्यक्तिगत वा मनोविज्ञानका कारण नभई त्यसको सामाजिक कारण हुने उल्लेख गरेका छन् । करिब ६ सय पृष्ठको पुस्तकको निष्कर्ष छ, ‘व्यक्तिको समाजसँगको एकीकरण कस्तो छ भन्नेसँग आत्महत्या जोडिएको छ । यदि व्यक्तिको सामाजिक एकीकरण बलियो छ भने जस्तासुकै समस्यामा परेका व्यक्ति पनि आत्मविश्वाससाथ बा“च्न सक्दछन् भने एकीकरण कमजोर रहेका व्यक्ति आत्महत्या गर्छन् । युवापुस्तामा बढ्दो नैराश्यताका कारण खोजी गर्ने हो भने समाजशास्त्रीय दृष्टिकोेणवाट राजनीतिक, सामाजिक, आर्थिक अवस्था व्याख्या विश्लेषण गर्नुपर्ने हुन्छ ।

३ असोज २०७२ मा सार्वभौम जनताबाट निर्वाचित संविधानसभाले नयाँ संविधान जारी गरेपश्चात् ‘अब संक्रमणकाल अन्त्य भयो । देशले राजनीतिक स्थिरतामार्फत आर्थिक समृद्धि हासिल गर्छ’ भन्ने विश्वाससाथ संघीयता अभ्यास सुरु गरियो । त्यसक्रममा भौतिक विकासका दृष्टिले आजको २०८२ सालसम्म आइपुग्दा हजारौं किलोमिटर सडक निर्माण गरिएको छ । नेपालका सबै जिल्ला र पालिकामा सडकसञ्जाल जोडिएका छन् । स्वास्थ्य क्षेत्रमा पनि सबै प्रदेशमा प्राणघातक रोगको उपचार हुनसक्ने राम्रा अत्याधुनिक सुविधासहितका प्रदेश अस्पताल, जिल्ला अस्पताल, पालिकास्तरमा आधुनिक स्वास्थ्य चौकी स्थापना गरिएको छ । आजसम्म आइपुग्दा करीब सबै पालिकाका अस्पतालमा दरबन्दीसहित डाक्टरका सुविधा उपलब्ध हँन थालेको देखिन्छ । यसैगरी, नेपालीको औसत आयु दक्षिण एसियाका देशमध्य मध्यमस्तरमा पुगेको छ । नेपालीको प्रतिव्यक्ति आम्दानी बढेर हाल करीब १५ सय डलर पुगेको छ । गरीबीको रेखामुनिको संख्या घट्नेक्रम जारी छ । अन्य देशसँगको व्यापार विस्तार सन्तुलन दिशामा जा“दै छ । पहिलाभन्दा व्यापार घाटा कम हु“दै जान थालेको अवस्था छ । यसैअवधिमा विद्युत्मा आत्मनिर्भर भएको छ र नेपालले भारत बंगलादेशलाई विद्युत् बेचिरहेको छ । करीब ९८ प्रतिशत नेपालीका लागि विद्युत् सेवा उपलब्ध छ । ९८ प्रतिशत नेपालीका घरमा पिउने पानी पुगेको छ । साक्षरदर प्रतिदिन बढिरहेको छ । जसले गर्दा नेपाल दक्षिण एसियाको मध्यम शिक्षित देशका रूपमा पुग्न सफल भएको छ । यतिमात्र होइन, नेपाल सुरुङमार्ग युगमा प्रवेश गरिसकेको छ । काठमाडौं नौबिसेलगायत झण्डै आधा दर्जन ठाँउमा सुरुङमार्ग बनिरहेका छन् । आफ्नै देशमा रहेका खानी उत्खनन गरेर पेट्रोल, ग्याँस, तेल, फलामजस्ता वस्तुबाट देश आत्मनिर्भर बन्न खोजिरहेको छ । दैलेख जलजलेमा ठुलो परमाणको ग्याँस भण्डार पत्ता लागेर उत्खनन भइसकेको छ । यस्ता विभिन्न ठाउँमा रहेका धातु खानी उत्खनन योजना बनाएर कार्यान्वयन चरणमा जाँदै छन् ।

हामीसँग व्यवस्थापनको क्षमता नभएर यो अवस्था आएकोमात्र हो । हामीसँग पर्याप्त प्राकृतिक स्रोत सम्पदा छन् । प्राकृतिक स्रोेत साधनमध्ये भूमि महŒवपूर्ण स्रोत हो । तामा, कोइला, चुनढुंगा, पेटोलियम पदार्थ, ग्याँस, खरी, गेरु, सिसा, म्यागनेसाइट, स्लेट, फलामजस्ता गन्धक, मार्बल, सुन सोडा, निकेल पत्ता लागेको छ । समुद्री सुविधाबाट वञ्चित भए पनि जलसम्पदाको दृष्टि ब्राजिल पछि विश्वको दोस्रो सबैभन्दा समृद्ध एसियाको पहिलो राष्ट्र मानिने नेपालमा ६ हजारभन्दा बढी नदीनाला छन् ।

काठमाडौंलगायत सहरमा ठुला स्टेडियम निर्माण भइरहेका छन् । उद्योग–व्यवसाय क्षेत्रमा सानादेखि मझौला, ठुला उद्योग स्थापना हँुदै छन् । पर्यटकीय क्षेत्रमा पनि उल्लेख्य विकास भएको छ । देशका सबै ठुला सहरमा होटल एयरपोर्ट निर्माण हु“दै छन् । द्रुतगतिमा विकास भएकामध्ये नेपाल पनि पर्न सफल भएको छ । यसरी सघीयता कार्यान्वयनक्रममा आइपुग्दा नेपालको विकास केही नै नभएको भन्ने अवस्थामा छैन, जति हुनुपर्ने त्यति नभएको मात्र हो । राष्टिय अखण्डता स्वाधिनताको पक्षमा हेर्ने हो भने भारतद्वारा लगाइएको नाकाबन्दी अन्त्य गर्दै चीनसँग पारवहन सन्धी गरी भूपरिवेष्ठितबाट भुजडित देशका रूपमा रूपान्तरित भएको छ । भारतद्वारा अतिक्रमित कालापानी लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरिएको छ । सावैभौम नेपालको नक्सालाई संयुक्त राष्ट्रसंघमा दर्ता गरिएको छ ।

यद्यपि, उल्लेखित विकास निर्माण र राष्ट्रिय स्वाधिनताका पक्षमा भए गरिएका उपलब्धिका जानकारी जनताले सुन्ने–बुझ्ने मौका नपाउ“दा राज्य सरकार र जनताबीचको दूरी टाढियो । दलका केही नेता–कार्यकर्ता सत्ताकेद्रित, लोभिपापी, भ्रष्टाचारी, तस्करीमा लाग्नु, तिनिहरूमाथि राज्यले कारबाही गर्न नसक्नु, दण्डहिनता मौलाउ“दै जानु, सुशासन कायम गर्न नसक्नु ,रोजगारका अवसर नहुनु र युवा विदेश पलायन हुनु, राष्ट्रिय सुरक्षा अवस्था’bout सरकार बेखबर रहनु, सुरक्षा संयन्त्रबाट दैनिक राष्ट्रिय सुरक्षाको अवस्था’bout जानकारी लिने पद्दति नबसाल्नुजस्ता राज्यका कमजोरीले युवामा आक्रोश र विद्रोह जन्मियो । जसले केपी शर्मा ओली नेतृत्वको सरकारमात्र ढालेन, जेनजी आन्दोलनका नाममा सिंहदरबार, सर्वाेच्च अदालत, राष्ट्रपति भवनलगायत पुराताŒिवक महत्वका संरचना ध्वस्त पारिए । करीब ७८ जनाको गोली हानी हत्या गरियो । सैयौं घाइते भए । यी सबै गतिविधिका पछाडि आन्दोलनलाई सिरानी बनाएर पश्चिमा शक्तिले नेपालमा अस्थिरता उत्पन्न गरी आफ्नो शैन्य अड्डा स्थापना गर्ने र छिमेकी चीनलाइ नजिकबाट ‘अभजर्ब’ गर्न खोज्नेको पनि हात रहेको प्रस्टै छ । नेपालमा रहेका विभिन्न महŒवपूर्ण खानीमा पनि आँखा लगाएको सहजै अनुमान गर्न सकिन्छ । नेपालले आफू आत्मनिर्भर हुन गरेको प्रगतिको दक्षिण छिमेकीलाई चित्त बुुझिरहेको छैन । भारतको हेपाहा प्रवृतिको बढ्दो विरोध भइरहेकोप्रति भारत तर्सिएर नेपालमा नियन्त्रित अस्थिरता उत्पन्न गर्न लागिरहेको जगजाहेर नै छ । तर पनि हामी डराउनुपर्ने अवस्था भने छैन । हाम्रो आन्तरिक राष्ट्रियता बलियो बनायौं भने बाहिरी शक्तिको केही लाग्दैन ।

राजनीतिक दलले यस अवस्थाबाट मुक्त हुन र देशलाई संविधानको लिगमा ल्याउन राष्ट्रिय सहमतिसहितकोे सरकार निर्माण गरी संविधान आवश्यक संशोधनसहित राजनीतिक स्थिरता सुनिश्चित गर्दै अघि बढ्न सकिन्छ । यसका लागि परिवर्तित राजनीतिक जनमानसिकता आत्मसात् गर्नसक्ने स्पष्ट नीति, योजना, कार्यक्रमसहित इमान्दारिता, निष्ठाको राजनेता भएमा देश बनाउन सकिन्छ । (लेखकको यो निजी विचार हो ।)

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी