विशाल लामा काठमाडौं –८ बाट उम्मेदवार सिफारिस

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले युवा नेता विशाल लामा तामाङलाई काठमाडौं निर्वाचन क्षेत्र नम्बर–८ बाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ । काठमाडौं–८ अन्तर्गतका स्थानीय पार्टी कमिटीहरूले तामाङलाई उम्मेदवार बनाउने निर्णय गर्दै पार्टी केन्द्रमा सिफारिस गरेका हुन् ।

साविक नेकपा (एकीकृत समाजवादी) निकट युवा संगठन युवा संघ नेपालका केन्द्रीय उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज रहिसकेका तामाङ उपत्यकामा सक्रिय र परिचित युवा नेताका रूपमा चिनिन्छन् ।

युवा आन्दोलनबाट राजनीतिमा उदाएका तामाङ एमाले हुँदै नेकपा (एकीकृत समाजवादी) र पछि एकतामार्फत नेकपामा आवद्ध भएका हुन् । शहरी क्षेत्रमा युवापुस्ताको नेतृत्वको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै उनले पुरानो पुस्ताका नेताहरूलाई अभिभावकका रूपमा सम्मान गर्दै निर्वाचनमा होमिने बताएका छन्।

नेता तामाङ नेकपाका वरिष्ठ नेता झलनाथ खनाल निकट मानिन्छन्।

तपाइको प्रतिक्रिया
(Visited 1,597 times, 1 visits today)

epaper

ताजा समाचार

युवेन्द्र शाक्य र गङ्गा गौतमको नयाँ गीतले खिच्यो दर्शकको ध्यान