बदनाम गर्नेलाई कारवाही नगरे क्वारेन्टाइन बन्द गर्ने चेतावनी

फाइल तस्वीर

गौर । रौतहट जिल्लाको मौलापुर नगरपालिकालाई बदनाम गराउने उद्देश्यले हुँदै नभएका विषयवस्तु देखाएर सामाजिक संजाल फेसबूक तथा युट्युबमार्फत गैरकानुनी गतिविधिलाई रोक्नुको सट्टा स्थानीय प्रशासनले उल्टै बढावा दिएको भन्दै नगरमा संचालित क्वारेन्टाइन बन्द गर्न सकिने बताइएको छ ।

कोरोना महामारीसंग जुध्न देश लकडाउनको स्थितिमा रहेको बेला मौलापुर नगरपालिकाले बाहिरबाट आएका तथा संभावित संक्रमित राख्नका लागि विद्यालयमा क्वारेन्टाइन बनाएको छ ।

नगरपालिकाले विश्व स्वास्थ संगठनको मापदण्ड अनुरुप संचालित क्वारेन्टाइनको विषयमा केहि स्थानीय राजनीतिक समुहले मनगढन्ते विषय निकालेर अवरुद्ध गरेकोले नगरपालिकाले प्रहरीलाई गुहारेको हो ।

क्वारेन्टाइनमा अनधिकृत प्रवेश गरि छेउको एउटा कुना देखाएर क्वारेन्टाइन अव्यवस्थित रहेको दुश्प्रचार गरेकाले प्रहरीसंग कारवाही अगाडि बढाउन माग गरिँदा पनि इलाका प्रहरी कार्यालय मौलापुरले कुनै प्रक्रिया अगाडि बढाएको छैन ।

प्रहरीकै मिलेमतोमा निरन्तर अवरुद्ध भएपछि दिक्क भएर नगरपालिकाले क्वारेन्टाइन नै बन्द गर्ने निष्कर्षमा पुगेको नगर स्रोतले जनाएको छ ।

‘कोरोना संक्रमणको विरुद्ध स्थानिय तह नै अग्रस्थानमा छ । आवश्यक पूर्वाधारको अभावमा विद्यालयहरुलाई नै क्वारेन्टाइन बनाउनु परेको र विभिन्न अभावको बीच काम गरिरहेको अवस्थामा पनि त्यति गर्नेहरुलाई उत्साहित गर्नुको सट्टा निरुत्साहित गर्नु अपराधिक कार्य हो ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

epaper

ताजा समाचार

अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ