सप्तरी राजविराज । भारतको विभिन्न शहरवाट घर र्फिर्कनेको संख्या तिब्र बनेको छ । यसै क्रममा आइतवार सप्तरीको विभिन्न नाकावाट ६ महिला सहित ६८ जना जिल्ला प्रवेश गरेका छन ।
उनी सवैलाई नजिकैको क्वारेण्टाइनमा राखिएको छ । यो सगै ७ दिनको अवधिमा सप्तरीको विभिन्न नाका हुदै जिल्ला प्रवेश गर्नेको संख्या ७ सय ८९ पुगेको छ । जस मध्ये ५३ जना महिला छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनिया लाल यादवले जिल्लामा कुल ३३ वटा क्वारेण्टाइन केन्द्र निर्माण गरिएको छ । यसरी आएका सवैलाइ १४ दिनसम्म क्वारेण्टाइनमा पठाइएको छ ।
लामो समय सीमामा नागरिक अलपत्र पर्दा अबैध रुपमा प्रवेश गर्ने र थप संक्रमण फैल्न सक्ने भन्दै सावधानी अपनाएर सरकारले जेठ ४ गतेदेखि नागरिकलाई प्रवेश दिन सुरु गरेको हो । यद्यपि क्वारेण्टाइनमा १४ दिन वस्नु पर्ने भएकाले केही अज्ञानी व्यक्ति अझै खुला सिमाको फाइदा उठाउदै लुकीछिपी चोर वाटो हुँदै प्रवेश गर्ने गरेको र त्यस्ताले भविष्यमा आफु र अरुलाई पनि समस्यामा पार्ने जिल्ला स्वास्थ्य कायाृलयका प्रमुख यादवको चिन्ता छ ।
‘भारतका विभिन्न जिल्लाका मुख्य नाकाबाट अझै घर फर्किनेहरुको क्रम जारी छ’ उनले भने ‘उनीहरुलाई सोझै घर न पठाई क्वारेण्टाइनमा राख्ने गरेका छौ ।’
भारतमा कोरोनाको जोखिमलाइ ध्यानमा राख्दै बन्द गरीएको रेल सेवा पुःन सुचारु भए पछि घर फर्किनेहरुको क्रम तिब्र बने पछि क्वारेण्टाइन ब्यबस्थापनमा समेत चुनौती बढेर गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।






