संविधान संशोधनमा कांग्रेसले केन्द्रिय समितिबाटै निर्णय लिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा केन्द्रीय समितिबाटै निर्णय लिने भएको छ ।
आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले नेपालको नक्सामा निसान छाप परिवर्तन गर्न संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमाथी केन्द्रिय समितिबाटै छलफल गरेर निर्णय लिने निश्कर्ष निकालेको हो । तर केन्द्रिय समिति कहिले बस्ने भन्ने तय भएको छैन ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नक्सामा निसान छाप परिवर्तन गर्न भन्दै संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराइ सकेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको नयाँ नक्सा समावेश गर्न संविधान संशोधन गर्न गरिएको प्रस्तावको विषयमा केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय हुने विषयमा सहमति भएको बताए ।
उनले लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको भूभाग नेपालको नेपालकै भएकामा कांग्रेस प्रस्ट भएको तर संविधान संशोधन गर्ने विषयमा कसरी प्रस्तुत हुने भन्ने निर्णय केन्द्रीय कार्यसमिति गर्ने जनाएका हुन ।
बैठकले विवादित भूमि फिर्ता ल्याउन उच्च स्तरिय कुटनीतक र राजनीतिक पहल गर्न समेत सरकारसँग माग गरेको प्रवक्ता शर्माले जानकारी दिएका छन ।
केन्द्रिय समिति मार्फत कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को विषयमा विषयान्तर भएको सम्बन्धमा सरकारलाई ध्यानाकर्षण गराउने, क्वारेन्टाइनको मापदण्ड अनुसार व्यवस्थापन गर्न सरकारलाई अपिल गर्ने तथा कोरोना परीक्षण पीसीआर प्रविधिबाट मात्रै गर्न माग गर्ने समेत निर्णय गरेको छ ।
यसैगरी विदेशमा अप्ठेरोमा परेका नेपालीहरुलाई छिटो फिर्ता ल्याउन तथा भारततर्फको सीमामा अलपत्र परेकाहरुलाई व्यवस्थित ढंगले ल्याउन र क्वारेन्टाइनमा सुरक्षित र व्यवस्थित तरिकाले राख्न कांग्रेसले सरकारसँग माग गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ