कभानीलाई इन्टर मिलानको प्रस्ताव

पेरिस । इटालियन क्लब इन्टर मिलानले उरुग्वे तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड एडिन्सन काभानीलाई तीन वर्ष अनुबन्धको प्रस्ताव राख्ने तयारी गरेको छ । युरोपका ठूला क्लबले चासो राखिरहेका काभानीलाई इन्टरले तीन वर्षका लागि प्रस्ताव राख्ने तयारी गरेको हो ।

कभानीलाई प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड, न्यु क्यासल युनाइटेड, स्पेनिस क्लब एट्लेटिको मड्रिडले चासो राखिरहेका छन् । तर, इन्टर काभानी अनुबन्ध दौडमा अगाडि देखिएको छ । काभानीको पीएसजीसँगको सम्झौता जुनमा सकिँदै छ । इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले काभानीको भविष्य इटालीमा सुरक्षित गर्न तीन वर्षको प्रस्ताव अघि बढाउने तयारी गरेका हुन् । इटालीका अन्य क्लबमा काभानीको विगतको प्रदर्शनलाई हेरेर इन्टरले उरुग्वेका खेलाडी हस्ताक्षर गर्न चाहेको र ३३ वर्षका फरवार्डलाई इन्टरले ३ वर्षको अनुबन्धन प्रस्ताव पेस गर्न लागेको बुझिएको छ ।

अर्काे सिजनबाट आक्रमक रूपमा आउने तयारी गरिरहेको न्यु क्यासलले काभानीलाई आकर्षक प्रस्ताव गरे पनि उनी च्याम्पियन्स लिग खेल्ने टोलीमै अनुबन्ध हुन सक्नेछन् । म्याानेस्टर युनाइटेड र एटलेटिको मड्रिडसमेत काभानी अनुबन्धको दौडमा छन् । काधनी जनवरीमै लन्डन क्लब चेल्सीसँग जोडिएका थिए ।

काभानी पीएसजीसँग सम्झौता नवीकरणमा इच्छुक देखिए पनि क्लबबाट खासै आकर्षक प्रस्ताव नआएपछि काभानीले नयाँ गन्तव्य खोजिरहेका छन् । उरुग्वेका फरवार्डले सबै प्रतियोगितामा यस सिजन ७ गोल गर्नुका साथै ३ गोलको अवसर सिर्जना गरेका छन् । काभनी २०१३ मा इटालियन क्लब नपोलीबाट पीएसजी पुगेका थिए । उनले पीएजीका लागि ३ सय खेलमा २ सय गोल पूरा गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

epaper

ताजा समाचार

व्यावसायिक फलफूल खेतीतर्फ किसानको आकर्षण