आसन्न आमनिर्वाचन सत्ता हस्तान्तरण प्रक्रियामात्र होइन, देशको राजनीतिक दिशा, लोकतान्त्रिक अभ्यास र सामाजिक रूपान्तरणको महŒवपूर्ण कसी पनि बन्दै छ । निर्वाचन केन्द्रको एक शक्तिशाली समूह युवापुस्ता हो । जनसांख्यिक दृष्टिले मात्र होइन, राजनीतिक चेतना, प्रविधि प्रयोग र सामाजिक परिवर्तनको आकांक्षाका हिसाबले पनि युवा आज निर्णायक भूमिकामा पुगेका हुन् । प्रश्न के हो भने ‘के युवा यस अवसरलाई परिवर्तनको माध्यम बनाउन सक्षम र इच्छुक छन् ?’ अवश्य पनि छ ।
तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको करिब ४० प्रतिशत हिस्सा १६ देखि ४० वर्ष उमेर समूहका युवाले ओगटेका छन् । यस दृष्टिकोणदे लोकतान्त्रिक व्यवस्थामा संख्या नै शक्ति हो, युवा । यदि यो समूह सचेत, संगठित र सक्रिय रूपमा निर्वाचन प्रक्रियामा सहभागी भयो भने राजनीतिक समीकरण परिवर्तन अवसम्भव छैन । तर, विडम्बना के छ भने विगतका निर्वाचनमा युवा उत्साह उल्लेखनीय देखिए पनि उनीहरूको सहभागिता अपेक्षित प्रभावशाली बन्न सकेको छैन । यसको प्रमुख कारण युवामा व्याप्त राजनीतिक निराशा थियो । पटकपटक दोहोरिने अनुहार, अधुरा प्रतिबद्धता, भ्रष्टाचार र जवाफदेहिता अभावले उनीहरूलाई राजनीतिप्रति उदासीन बनायो । यही उदासीनता तोड्नु नै आगामी निर्वाचनको सबैभन्दा ठूलो चुनौती र अवसर दुवै हो ।
युवा भूमिका मत हाल्ने मतदातासम्म सीमित रहनु हुँदैन । लोकतन्त्रको सार भनेकै एजेन्डा निर्माण, बहस र निगरानी हुन् । बेरोजगारी, गुणस्तरीय शिक्षा, उद्यमशीलता, स्वास्थ्य सेवा, सुशासन, वातावरण संरक्षण र डिजिटल अर्थतन्त्रजस्ता मुद्दा प्रत्यक्ष रूपमा युवासँग जोडिएका छन् । तर यिनै मुद्दा राजनीतिक दलका घोषणापत्रमा प्राथमिकतासाथ नसमेटिनु चिन्ताजनक पक्ष हो । आगामी निर्वाचनमा युवाले उम्मेदवारसँग प्रश्न गर्नुपर्छ, ‘तपाईंको रोजगारी नीति के हो ? शिक्षालाई श्रम बजारसँग कसरी जोड्नुहुन्छ ? भ्रष्टाचार नियन्त्रणका लागि ठोस योजना के छ ?’ यस्ता प्रश्नले मात्र निर्वाचनलाई औपचारिकताबाट अर्थपूर्ण प्रक्रियामा रूपान्तरण गर्न सक्छ ।
आजका युवापुस्ता प्रविधिमैत्री छ । सामाजिक सञ्जाल युवा राजनीतिक सहभागिताको सबैभन्दा शक्तिशाली माध्यम बनेको छ । फेसबुक, टिकटक, एक्स र युट्युबजस्ता ‘प्लेटफम’मार्फत विचार निर्माण, बहस र अभियान सम्भव भएका हुन् । यी माध्यमले परम्परागत मिडियाको एकाधिकार तोडेका छन् र नयाँ आवाजलाई स्थान दिएका छन् । तर, यही सामाजिक सञ्जाल गलत सूचना, दुष्प्रचार र भावनात्मक ध्रुवीकरणका माध्यम पनि बनेका छन् । तथ्य र अफवाह छुट्याउन नसक्दा लोकतान्त्रिक निर्णय नै प्रभावित हुन सक्छ । त्यसैले आगामी निर्वाचनमा युवा जिम्मेवारी सक्रिय हुनुमात्र होइन, जिम्मेवार र विवेकशील हुनु पनि हो ।
अब युवाले राजनीतिक एजेन्डा निर्धारणमा सक्रिय नागरिक बन्नुपर्छ । बेरोजगारी, गुणस्तरीय शिक्षा, सीपमूलक तालिम, उद्यमशीलता, स्वास्थ्य सेवा, वातावरणीय संकट, डिजिटल अर्थतन्त्र र सुशासनजस्ता मुद्दा प्रत्यक्ष रूपमा युवासँगै जोडिएका छन् । यस्ता मुद्दा राजनीतिक दलका घोषणापत्रमा ‘गौण’ छन् । तथ्यभन्दा भावनामा आधारित निर्णयले लोकतान्त्रिक प्रक्रिया कमजोर बनाउँछ ।
त्यसो त, लाखौं नेपाली युवा वैदेशिक रोजगारीमा छन् । उनीहरू देशको अर्थतन्त्रका मेरुदण्ड भए पनि राजनीतिक प्रक्रियाबाट लगभग बहिष्कृत अवस्थामा छन् । मताधिकार प्रयोग गर्न नपाउनु उनीहरूको साझा गुनासो हो । यो समस्या दीर्घकालीन लोकतान्त्रिक कमजोरीको संकेत हो । युवाले आफ्ना मुद्दा आसन्न निर्वाचन एजेन्डाको केन्द्रमा ल्याउनुपर्छ । प्रविधि प्रयोगमार्फत वैदेशिक मतदान प्रणाली विकास गर्ने बहस अब विलासिता होइन, आवश्यकता बनिसकेको छ । यसका लागि दबाब दिने शक्ति पनि युवासँगै छ । नेपाली राजनीतिमा पुस्तान्तरण बहस धेरै भयो, तर व्यवहारमा सीमित देखियो । युवाले उमेरका आधारमा होइन, सोच, नैतिकता र क्षमताका आधारमा नेतृत्व खोज्नुपर्छ । युवा उम्मेदवार हुनुमात्र पर्याप्त होइन, उनीहरू विचार, योजना र जवाफदेहितामा पनि स्पष्ट हुनुपर्छ । पुराना नेता पनि युवा मुद्दा सुन्न र नेतृत्व हस्तान्तरण गर्न तयार हुनुपर्छ । लोकतन्त्र पुस्ताबीचको सहकार्य हो, टकरावमात्र होइन । यो सन्तुलन निर्माणमा युवा मतदाताको भूमिका अत्यन्त महŒवपूर्ण हुन्छ ।
मतदानपछिका युवा भूमिका
निर्वाचनको दिन मत हालेर युवा भूमिका समाप्त हुँदैन । वास्तवमा त्यसपछि नै लोकतान्त्रिक निगरानी सुरु हुन्छ । निर्वाचित प्रतिनिधिले गरेका प्रतिबद्धता कार्यान्वयन भए–नभएको अनुगमन, सार्वजनिक बहसमा सहभागिता र नागरिक दबाब निरन्तर रहनुपर्छ । यदि युवा निर्वाचनपछि फेरि उदासीन बने भने पुरानै प्रवृत्ति दोहोरिन्छ । त्यसैले निर्वाचनलाई एकदिनको घटना होइन, निरन्तर प्रक्रियाका रूपमा बुझ्नु आवश्यक छ ।
आगामी २१ फागुनको आमनिर्वाचन नेपालका लागि एउटा महŒवपूर्ण मोडसमेत हो । यस मोडको चालक शक्ति युवापुस्ता बन्न सक्छ । संख्या, चेतना र प्रविधि पहुँच, यी सबै पक्ष युवा पक्षमा छन् । अब आवश्यक छ त इच्छाशक्ति, विवेक र सामूहिक जिम्मेवारी । यदि युवाले यस निर्वाचनलाई आफ्नो भविष्यसँग जोडेर हेरे, प्रश्न गरे, सही विकल्प छाने र निर्वाचनपछि पनि सक्रिय रहे भने नेपाली लोकतन्त्र नयाँ दिशातर्फ अग्रसर हुन सक्छ । अन्यथा, यो निर्वाचन पनि विगतकै सूचीमा थपिने जोखिम रहन्छ । त्यसैले छनोट युवाकै हातमा छ, ‘निष्क्रिय दर्शक बन्ने कि परिवर्तनको संवाहक ?’
आसन्न आमनिर्वाचन संवैधानिक औपचारिकतामात्र होइन, देशको लोकतान्त्रिक भविष्य, शासन प्रणाली र सामाजिक रूपान्तरणको दिशानिर्धारण गर्ने महŒवपूर्ण अवसर हो । निर्वाचनको सबैभन्दा निर्णायक शक्ति भनेकै युवापुस्ता हो । जनसांख्यिक संरचना, राजनीतिक चेतना विकास र प्रविधिमा पहुँचका कारण युवा आज निर्वाचन केन्द्रमा उभिएका छन् । तर प्रश्न यो होइन कि ‘युवाको संख्या कति छ ?’ प्रश्न हो, ‘के उनीहरूले आफ्नो शक्ति सही दिशामा प्रयोग गर्न सक्ने छन् ?’
यदि युवा संगठित, सचेत र उद्देश्यपूर्ण ढंगले मतदान प्रक्रियामा सहभागी भए भने राजनीतिक समीकरण परिवर्तन हुन सक्छ । विगतका निर्वाचन अनुभवले देखाएको वास्तविकता त्यति उत्साहजनक छैन । युवा सहभागिता संख्यात्मक रूपमा बढे पनि गुणात्मक रूपमा अपेक्षित प्रभाव देखिएको छैन । राजनीतिक प्रणालीप्रतिको निराशा, बारम्बार दोहोरिने नेतृत्व, अपूरा प्रतिबद्धता र व्यापक भ्रष्टाचारलगायत निराशा तोड्नु आगामी निर्वाचनको सबैभन्दा ठूलो चुनौती हो ।
अब युवाले राजनीतिक एजेन्डा निर्धारणमा सक्रिय नागरिक बन्नुपर्छ । बेरोजगारी, गुणस्तरीय शिक्षा, सीपमूलक तालिम, उद्यमशीलता, स्वास्थ्य सेवा, वातावरणीय संकट, डिजिटल अर्थतन्त्र र सुशासनजस्ता मुद्दा प्रत्यक्ष रूपमा युवासँगै जोडिएका छन् । यस्ता मुद्दा राजनीतिक दलका घोषणापत्रमा ‘गौण’ छन् । तथ्यभन्दा भावनामा आधारित निर्णयले लोकतान्त्रिक प्रक्रिया कमजोर बनाउ“छ । त्यसैले युवा जिम्मेवारी सक्रिय हुनुमात्र होइन, विवेकशील र सूचनामैत्री पनि हुनुपर्छ । मताधिकार प्रयोग उनीहरूको साझा अधिकार हो ।
आगामी निर्वाचनमा युवाले वैदेशिक मतदान प्रणालीलाई बहसको केन्द्रमा ल्याउनुपर्छ । प्रविधि विकास भइसकेको वर्तमान अवस्थामा यस विषयमा उदासीन रहनु राजनीतिक इच्छाशक्तिको अभाव हो । युवा दबाबले मात्र यो मुद्दा नीति निर्माण तहमा पुग्न सक्छ । अनुभवी नेताले पनि युवा आवाज सुन्न र नेतृत्व हस्तान्तरण गर्न तयार हुनुपर्छ । लोकतन्त्र पुस्ताबीचको सहकार्य हो, पुस्ताबीचको द्वन्द्वमात्र होइन । यो सन्तुलन निर्माणमा युवा मतदाताको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ ।
(लेखकको यो निजी विचार हो ।)






