दोस्रो पटक म्याद थप्दा धनकुटामा ४ सय ९३ को निर्वाचन प्रहरीमा आवेदन

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरीको माग अनुसार आवेदन नपरेपछि दोस्रो पटक म्याद थपिएको थियो । दोस्रो पटक थपिएको म्यादमा ४ सय ९३ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् ।

धनकुटामा जम्मा १ हजार ८५ जना निर्वाचन प्रहरीका लागि गत पुस २५ गतेबाट माघ १ गतेसम्म दरखास्त दिन सुचना जारी भएको थियो । सो अवधिमा कोटा अनुसार आवेदन नपरेपछि पहिलो पटक माघ ३ गतेसम्म आवेदन दिने म्याद थप भएको थियो ।

उक्त अवधिमा १ हजार १८ जनाको मात्रै निवेदन परेको थियो । निवेदन परेका सबै छनौट हुँदा पनि ६७ जना अपुग भएको थियो । निवेदन दिएका कतिपय सम्पर्कमा नआउँदा करिब १ सयभन्दा बढीको संख्यामा अपुग रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी इन्सपेक्टर किशोर तामाङले जानकारी दिए ।

मागअनुसार आवेदन नपरेपछि पुनः दोस्रो पटक माघ १० र ११ गते आवेदन दिन सुचना जारी गरिएको थियो । दोस्रो पटक जारी गरिएको सुचनामा ४ सय ९३ जनाको आवेदन परेको तामाङले जानकारी दिए । निर्वाचन प्रहरीका दोस्रो पटक म्याद थपिएपछि माग भन्दा धेरै आवेदन परेपछि सोमबारबाट छनौट प्रक्रिया सुरु भएको तामाङले जानकारी दिए ।

निर्वाचन प्रहरीको दरखास्त जिल्ला प्रहरी कार्यलय धनकुटा, सशस्त्र प्रहरी बल नं. ६ गुल्म हे.क्वा. छिन्ताङ धनकुटा, इलाका प्रहरी कार्यालय छिन्ताङ र इलाका प्रहरी कार्यालय राजारानी धनकुटामा आवेदन दिन सकिने व्यवस्था रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा