कोरोना रोकथामका विषयमा स्वास्थ्यमन्त्री सातै प्रदेशका सामाजिक विकासमन्त्रीहरूसँग छलफलमा

काठमाडाै‌ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सातै प्रदेशका सामाजिक विकासमन्त्रीहरूसँग कोरोना रोकथाम र नियन्त्रणमा भैरहेको कामका विषयमा छलफल गरेका छन् । मन्त्री ढकालले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाटै सातै प्रदेशका मन्त्रीहरूसँग छलफल गरेका हुन्  । सामाजिक विकासमन्त्रीहरूसँगको छलफल अहिले पनि जारी  छ ।

छलफलमा मन्त्री ढकालसँगै, मन्त्रालयका सचिव यादव कोइराला, मन्त्रीको विज्ञ सल्लाहकार डा खेमबहादुर कार्की, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र सहसचिव एवं मन्त्रालय अन्तर्गको इन्सिडेन्ट कमान्ड सिस्टममा कमान्डर डा गुणराज लोहनी सहभागी रहेका छन् । सातै प्रदेशका सामाजिक विकासमन्त्रीहरू पनि छलफलमा सहभागी छन् ।

कोरोना नियन्त्रण र रोकथामको काम अझ प्रभावकारी कसरी बनाउने भन्ने विषयमा स्वास्थ्यमन्त्री ढकालले प्रदेशका सामाजिक विकासमन्त्रीहरूसँग छलफल गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

epaper

ताजा समाचार

सर्वदलीय बैठकपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे रवि लामिछाने