नयाँ चलचित्र ‘श्री निवास’ बनाउँदै हरिवंश आचार्य

काठमाडौं । अभिनेता हरिवंश आचार्यले नयाँ चलचित्र ‘श्री निवास’ निर्माणको घोषणा गरेका छन् । उनले मुख्य भूमिका निर्वाह गरेको पछिल्लो चलचित्र ‘हरिबहादुरको जुत्ता’ गत दसैँमा रिलिज भएको थियो । यो चलचित्रले आफ्नो लगानी सुरक्षित गर्दै थोरै मुनाफा कमाएपछि उनले यो नयाँ चलचित्र निर्माणको घोषणा मंगलबार गरेका हुन् ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा दोस्रो चलचित्रका रूपमा ‘श्री निवास’ निर्माण गर्न लागेको उनले बताएका छन् । यो चलचित्रको औपचारिक निर्माण घोषणा गर्दै उनले चलचित्रको तयारी तीव्र गतिमा भइरहेको बताए ।

यो चलचित्रमा हरिवंश आचार्य र अभिषेक खड्का शीर्ष भूमिकामा छन् । अभिनेत्री र अन्य कलाकारको ’boutमा चाँडै जानकारी गराउने उनको कथन छ । यो चलचित्रमा निर्माताको रूपमा सरोज ओली र हरिवंशका छोरा मोहितवंश आचार्य रहेका छन् ।

चलचित्र ‘श्री निवास’लाई सजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा निर्देशन गर्नेछन् । यसअघि उनीहरूले चलचित्र ‘बेहुली फ्रम मेघौली’को निर्देशन गरेका थिए । आगामी निर्वाचनपछि यो चलचित्रको छायांकन सुरु गरिने भएको छ । यो चलचित्रमा अभिमन्यु निरवीको लेखन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

epaper

ताजा समाचार

अन्तर्राष्ट्रिय फुटबल खेल्न सिसिएसका खेलाडी लखनउ प्रस्थान