प्राचीन धार्मिक जीवन पद्दति : स्वरुप र अवधारणा

भारतवर्षमा मुसलमान प्रभूŒव बढ्दो थियो । औरंगजेवको बढ्दो तुजुकबाट नेपाल तथा भारतका हिन्दु त्रसित भइरहेको अवस्थामा विसं १७२६ मा औरंगजेवले बनारसमा अवस्थित विश्वनाथ मन्दिर ध्वस्त बनाएका थिए । विश्वनाथ मन्दिर ध्वस्त भएको खबरले काठमाडौंका राजा प्रताप मल्ल पनि साहै्र चिन्तित भए । यस चिन्ताबाट आफू र यसक्षेत्रका हिन्दुलाई ढाडस दिलाउन प्रताप मल्लले रानीपोखरी निर्माण गरी बिचमा एक शिवालय स्थापित गरेर ‘विश्वनाथ काशी छोडी रानीपोखरीको तटमा रहने छन्’ भनेर कविता लेखेको गौतमबज्र बज्राचार्य, अभिलेख संग्रहमा उल्लेख छ ।

यसबाट हरहिन्दु आफ्नो अस्मिता बचाउन ‘निष्ठावान रहिरहन्छन्’ भन्ने बताउँछ । त्यस्ताका मुगल सम्राज्य पूर्णिया जिल्लासम्म फैलि“दै आएको थियो । त्यसको उत्तरतर्फ हिन्दुपति सेनवंशी राजाहरूको राज्य, मोरङदेखि टिष्टासम्म र मकवानपुरसम्म जमेको थियो । सेनवंशी राज्यका यी सबै भूमि एघारौं शताब्दीमा नान्यदेवले स्थापित गरेका राज्य थिए ।

मुसलमान आक्रमणबाट सिमरौनगढमा पराजित भई नान्यदेवका अन्तिम सन्तान हरिसिंहदेव देश छोडी विसं १३८१ तिर काठमाडौंं आएका थिए । नान्यदेवको राज्य अनेकौं साना रजौटामा विभाजित भएपछि यी राज्य र पूर्वका पहाडमा समेत टिष्टासम्म सेनहरूले शासन गरी आएका थिए । पछि यी सबै हिन्दुराज्य पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरणक्रममा एकीकृत भएका थिए ।

सेनवंशी राजाहरूले विक्रम संवत् र नेपाली भाषालाई चलाएका अनेकौं अभिलेखहरू पाइन्छन् । सेनवंशी राजाहरूमध्ये हरिहर सेन एक प्रतापी राजा मानिन्छन् । यिनको प्रशस्ती थियो, ‘श्री महाराजधिराज पर्वतैकपाल हिन्दुपति राजराजेश्वर मकवानी कुलावंश श्री हरिहर इन्द्रदेव ।’

हिन्दुपतिको उपाधि क्रमशः उनका बंशहरूले पनि ग्रहण गरे । हिन्दुपति सेनवंशी राजाहरूको हिन्दुŒवप्रतिको आस्थाबाट प्रभावित भई पछि रणबहादुर शाहले पनि आफ्नो प्रशस्तीमा ‘हिन्दुपति’ उल्लेख गरेका थिए । उता, हिंसात्मक विधिबाट विसं १७१५ मा औरंगजेव सिंहासनमा बसेदेखि नैं हिन्दुहरूप्रति नकारात्मक थिए ।

औरंगजेवले विसं १७२६ मा भत्काएको विश्वनाथ मन्दिरको जिर्णोद्वार नभइरहेको अवस्थामैं विसं १८०० मा पृथ्वीनारायण शाहबाट बनारस भ्रमण हुँदा विश्वनाथ मन्दिरको विभत्स दृश्य देखेर पृथ्वीनारायणा शाह अत्यन्त दुखित भए । यसबाट उनलाई हिन्दु अस्मिता र हिन्दु राज्यहरूको संरक्षण गर्नुृपर्ने आवश्यकताको प्रेरणा
मिलेको थियो ।

अंग्रेजी लेखक हेमिल्टनको भनाईअनुसार हरिहर सेनले काशीको किनारैकिनार उत्तरबाट बढ्दै गंगाको तटमा पुगेर मुगल सम्राज्यको एउटा भाग जिती गंगासम्म आफ्नो राज्य विस्तार गर्दा गौरवान्वित भएको कुरा उल्लेख गरेर भारतमा शिवाजीले हिन्दु स्वतन्त्रताका लागि जुन बहादुरी देखाएका थिए, हरिहर सेनले पनि त्यसरी नै शिवाजीसँग आफूलाई दाँजेका थिए ।

पृथ्वीनारायण शाहले हिमवतखण्डको यो हिन्दुस्थललाई ‘असली हिन्दुस्थाना’ भनेका थिए । यो क्षेत्रमा गोर्खालगायत, बाइसी, चौबिसी, कास्की, पाल्पा, मकवानपुर, कान्तिपुर, ललितपुर, भक्तपुर, मगवानपुरलगायत ५४ भन्दा बढी स–साना हिन्दुराज्य एकीकरण भई ‘हिन्दु अधिराज्य’ स्थापना भएको हो । यस’bout इतिहासकार सूर्यविक्रम ज्ञवाली लेख्छन्, ‘पृथ्वीनारायण शाहले हिन्दुस्थाना भनेको हिन्दुहरूको देशलाई बुझाउँदछ ।’

पृथ्वीनारायण शाहले हिमवतखण्डको हिन्दुस्थललाई ‘असली हिन्दुस्थाना’ भनेका थिए । यस क्षेत्रमा गोर्खालगायत, बाइसी, चौबिसी, कास्की, पाल्पा, मकवानपुर, कान्तिपुर, ललितपुर, भक्तपुर, मगवानपुरलगायत ५४ भन्दा बढी स–साना हिन्दुराज्य एकीकरण भई ‘हिन्दु अधिराज्य’ स्थापना भएको हो । यस’bout इतिहासकार सूर्यविक्रम ज्ञवाली लेख्छन्, ‘पृथ्वीनारायण शाहले हिन्दुस्थाना भनेको हिन्दुहरूको देशलाई बुझाउँदछ ।’

सार्वभौमसत्ता सम्पन्न हिन्दुराज्यको गौरव उनको एकीकृत नेपाल अधिराज्य नै थियो । जंगबहादुर राणको समय फ्रान्सका विद्वान सिल्भा लेभीले फान्स भाषामा ‘नेपाल हिन्दु अधिराज्यको इतिहास’ नामक पुस्तक लेखेका थिए । सो पुस्तकलाई फ्रान्समा राजदूत दिल्लीराज उप्रेतीले दुई खण्डमा नेपालीमा अनुवाद गरेर प्रकाशित गरेका थिए ।

हिमवतखण्ड हिन्दुहरूको बाहुल्य भएको क्षेत्र भएको र यसक्षेत्रका अधिकांश राज्यमा नेपाली भाषा पनि प्रचलनमा आइसकेकाले नेपालको एकीकरण गर्नमा पृथ्वीनारायण शाहलाई सजिलो भएको थियो । दोस्रो विश्व युद्धपछि इजरायल विश्वमा एकमात्र यहुदी राज्य घोषित भएपछि संसारमा कतिपय राष्ट्र इसाई र मुस्लिम राष्ट्र घोषित भइसकेका हुँदा नेपालको संविधानमा पनि राजा महेन्द्रबाट २०१९ सालको संविधानमा हिन्दुराज्य घोषित गरिएको हो ।

नेपालमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सफल बनाउन विक्रम संवत् १८०० मा बनारस भ्रमण गरेको बेला बनारसबाटै हतियार बनाउने कालिगडढ र मुसलमान योद्धाहरू साथमा लिएर आएका थिए र मुसलमानबाट पनि नेपालको एकीकरणमा साथ पुगेकाले पृथ्वीनारायण शाहकै पालादेखि हिन्दु तथा मुसलमानबीच आ–आफ्नो धर्म मान्ने र एकअर्कोको सम्मान गर्ने परम्परा स्थापित छ । हिन्दुहरूको पहिचान निधारमा टिका ग्रहण गर्नु हो ।

‘टिकाको महिमा कस्तो रहेछ ?’ भन्ने कुराको प्रत्यक्ष प्रमाण दसैं र तिहारले दिन्छन् । कुनै पनि हिन्दु मन्दिर वा धाममा देवीदेवताको दर्शन, पूजाआजापछि पूजारी वा आफैंबाट निधारमा टिका ग्रहण गर्ने गरिन्छ । टिका हिन्दुको पहिचान पनि हो ।

हिन्दु तथा बौद्धबाहेक क्रिश्चियनहरू टिकाग्रहण गर्दैनन् । हिन्दुधर्म संसारको सर्वाधिक उदार धर्म हो भनेर जर्मन विद्वान मेक्समुलरले हिन्दुग्रन्थ अध्ययन गरेर विश्वभरमा रसपान गराइदिएका थिए । दोस्रो विश्वयुद्धदेखि विश्वमा एकमात्र यहुदी राष्ट्रका रूपमा इजरायल बनेकोमा त्यसको हामी आधार गर्छौं ।

दोस्रो विश्व युद्धका समय यहुदी वैज्ञानिक यन्स्टाइनले अमेरिकी राष्ट्रपति रुजवेल्टलाई अणु बम’boutमा जानकारी गराएकाले उनको अनुसन्धानअनुरूप जापानको नागाशाकी र हिरोसीमामा अणुबम आक्रमण गरेपछि विश्वमा आफ्नो दिग्विजय भएको ठानेर एन्स्टाइनसँग अमेरिकी राष्ट्रपति खुसी भएर एन्स्टाइनलाई ‘के चाहन्छौं’ भन्दा ‘मलाई एउटा यहुदी राष्ट्र चाहिन्छ’ भनेपछि दोस्रो विश्व युद्धपछि इजरायल यहुदी राष्ट्र घोषणा भएको हो । यहुदी र मुस्लिम राष्ट्रहरूमा जस्तो कट्टरता यो हिन्दुस्थलमा छैन ।

नेपाल इस्लामिक तथा इसाई राष्ट्रलगायत धर्मनिरपेक्ष भनिएका राष्ट्रहरूभन्दा उदार एवं सहिष्णु छ, अन्य धर्मप्रति आक्रमक हुन्न । राजदरबार अगाडि ठूल्ठूला मस्जिदहरूको निर्माणमा यहाँका हिन्दु राजाहरूले स्वीकृति दिएर संरक्षण दिलाउनु यसको ताजा उदाहरण हो ।

वैदिक हिन्दुको प्रभावबाटै मुस्लिम र क्रिश्चियन धर्मको प्रादुर्भाव भएको हो । यस’bout खोजकर्ता विद्वान डा. स्वामी प्रपन्नाचार्यले पनि लेखेका छन्, ‘हजरत ईशाको जन्म भारतको हिन्दु परिवारमा भएको हो । ल्फोरेन्समा ईशाकाकी आमा मेरीको मूर्ति राखिएको छ । मेक्मिलन गिर्जाघरमा पनि मेरीयमको त्यस्तै मूर्ति राखिएको छ । ईशाकी आमाको मूर्ति हिन्दु रानी–महारानीजस्तो साडी–गुनिऊँ लगाएको र निधारमा हिन्दुहरूले लगाउने टिका लगाएको छ ।’ ‘गड इज लाइट’ भन्ने परमेश्वर शिव हो, ज्योति हो जुन क्रिश्चियनले हिन्दुबाट लिएका हुन् ।

भविष्य पुराणको प्रसर्ग सम्पादनमा संस्कृत भाषामा समेत उल्लेख छ, ‘ईशापुत्रञ्च मा विद्धि कुमारी गर्भसम्भवम्’ (अनुवाद) अर्थात् ‘जिससकी आमाले विवाहभन्दा अगाडि गर्भधारणा गरेको थियो ।’ चर्चहरूमा पादरी, पास्टरहरूले जन्म मृत्यु, न्वारन, विवाह रिति हिन्दु परम्पराजस्तै छ । इजरायलमा यहुदीहरूले राष्ट्रिय झण्डा र चिह्नमा हिन्दु भगवती सरस्वतीको षडकोणको चिह्न राखेका छन् । त्यस्तै, मक्का मदिनाको कावामा शिवजीको प्रकाशमय मूर्ति देख्न सकिन्छ । ‘ॐ’कार जगत् नै वैदिक हिन्दु पञ्चदेवका उपाशक हुन् ।

हिन्दु तथा बौद्धहरूको चासो समान छ । सम्पूर्ण विश्वको कल्याण होस् । यसका लागि वैदिक ऋषिहरूले संसारका अनेकौं भूभाग पैदल भ्रमण गरेर वैदिक सभ्यता र मानव जीवन पद्दतिको प्रचार गरे । ऋषिहरू भन्थे, ‘कृण्वन्तो विश्वमार्यम्’ अर्थात् ‘विश्वलाई सभ्य बनाऔं’ भन्ने नीतिले विश्वभर वैदिक हिन्दु भावनाले मार्गदर्शन गर्न सकेको थियो । यो हिन्दु तथा बौद्ध भूमिलाई समृद्ध र आस्थाको तीर्थस्थल तथा पर्यटक क्षेत्र बनाउन सकिन्छ । संसारमा सबै सुखी रहुन्, संसारमा कोही पनि रोगी र दुःखी नहऊन् । तेरो र मेरो भन्ने भावना कसैमा नरहोस् । सबै उदार हऊन् । विश्वका सम्पूर्ण मानव हाम्रा आफन्त हुन् ‘वशुदैव कुटुम्वकम्’ भन्ने सिद्धान्त हिन्दुवादको हो ।
(लेखकको यो निजी विचार हो ।)

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

ललितपुरमा २३ जना उम्मेदवारले बैंक खाता खोल्न लिए सिफारिस