११ दिन जेल बसेर जमानतमा छुटे राजपाल यादव

मुम्बई । बलिउड अभिनेता राजपाल यादवलाई दिल्ली उच्च अदालतले जमानत दिएको छ । उनी गत ५४फेब्रुअरी देखि तिहार जेलमा थिए । सुनुवाइको क्रममा अदालतले उनका वकिललाई दिउँसो ३ बजेसम्ममा १.५ करोड रुपैयाँको डिमान्ड ड्राफ्ट जम्मा गर्न निर्देशन दिएको थियो ।

अदालतले तोकिएको समयभित्र रकम जम्मा गरेमा मात्र रिहाइ सम्भव हुने स्पष्ट पारेको थियो । उनका वकिलहरूले अदालतको माग बमोजिमको जम्मा गर्ने प्रक्रिया अघि बढेको र रकम बुझाएको बताएका छन् ।

यदि अदालतले जमानत निवेदन स्वीकार गरेको खण्डमा अब उनको सुनुवाइ मंगलबार हुनेछ । उनको तर्फबाट अदालतको आदेश पालना गर्दै वकिलहरूले ड्राफ्ट बुझाएका छन् । फलस्वरूप, अभिनेता राजपाल यादव ११ दिनपछि जेलबाट रिहा हुने भएका छन् । उनलाई जमानतमा रिहाइको प्रक्रिया अघि बढाइएको राजपालका वकिलहरूले बताएका छन् ।

राजपाल यादवले फेब्रुअरी १९ मा आफ्नी भतिजीको विवाहमा भाग लिन यो जमानत आवेदन दायर गरेका थिए । विगत ११ दिन देखि तिहाड जेलमा थिए ।

उनले सन २०१२ मा आफ्नो चलचित्र ‘अता पता लपाता’ बनाउनको लागि मुरली प्रोजेक्ट प्राइभेट लिमिटेडबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए। यो चलचित्रको बक्स अफिस असफलताले ठुलो नोक्सान उनलाई पु¥यायो र उनी समयमै ऋण तिर्न असमर्थ भए । ब्याज थपिएसँगै ऋण बढेर लगभग ९ करोड रुपैयाँ पुगेको थियो। यसपछि, अदालतले उनलाई आत्मसमर्पण गर्न आदेश दियो । सोही आदेश बमोजिम उनले ११ दिन अघि आत्म समर्पण गरेर तिहार जेलका प्रशासक समक्ष आफूलाई बुझाएका थिए ।

रिहा हुनुभन्दा अगाडि उनकी श्रीमती राधा यादवले भनिन्, ‘राजपाल पूर्ण रूपमा सन्चो छन् र हाम्रो सम्पूर्ण परिवार अहिले उनीसँगै छ । प्रशंसकहरू र चलचित्र उद्योगबाट उनले पाएको समर्थन र मायाको लागि हामी सबै धेरै आभारी छौँ ।’

कुन कलाकारहरूले मद्दत गरेका छन् भनेर सोध्दा, सलमान र अजयले पनि आफूहरूलाई सहयोगको घोषणा गरेको राधाले जवाफ दिइन् । मिडियासँग उनले भनिन्, ‘म अहिले तपाईँलाई नाम वा संख्या भन्न सक्दिन ।’

समाचार सूत्रका अनुसार सलमान खान र अजय देवगणले राजपाललाई जमानतमा आवश्यक पर्ने १ करोड ५० लाख रुपैयाँमा केही रकम सहयोग गरेका छन् । यस्तै अर्का अभिनेता सोनु सुदले पनि राजपाललाई आर्थिक सहयोग गरेका छन् । उनको जमानत रकमको लागि धेरै जनाले सहयोग गरेको समाचार आएका छ । तर सहयोग गर्ने कलाकार तथा चलचित्रकर्मीले आफ्नो नाम सार्वजनिक गर्न चाहेका छैनन् । सोमबार मध्यान्नमा राजपालसँग जमानतको लागि मागिएको १ करोड ५० लाख रुपैयाँ दिउँसो ३ बजेसम्म वकिलहरूले राजपालकी पत्नी राधा मार्फत संकलन गरेर अदालतको निर्देशन अनुसार सम्बन्धित कम्पनीलाई बुझाएका हुन् ।

कानुनी विज्ञहरूका अनुसार, आर्थिक कारोबारसम्बन्धी मुद्दामा अदालतले प्रायः रकम सुरक्षाका रूपमा जम्मा गराउन आदेश दिने गर्दछ। यसले दुवै पक्षको हित संरक्षण हुने विश्वास गरिन्छ । सोही अनुसार राजपालको रिहाइको बाटो खुलेको हो । अब उनले बाहिर बसेर मुद्दाको सामना गर्न पाउने छन् । यता दुई दिन पछि राजपालको भतिजीको विवाह हुने भएकाले अब उनी विवाहमा सहभागी हुने छन् । उनको रिहाइको खबरले परिवारमा यति बेला खुसी छाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)

epaper

ताजा समाचार

सामाजिक सञ्जालमा मात्रै हैन घरघरमा पुगौँः सभापति थापा