काठमाडौं । काठमाडौं निर्वाचन–५ का उम्मेदवार रहेका एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ईश्वर पोखरेलले आगामी निर्वाचनलाई आफूहरूले देश बनाउने संकल्पको जनमतका रुपमा लिएको बताएका छन् ।
सो क्षेत्रअन्तर्गत काठमाडौं महानगरपालिका–३ स्थित चुनावी कार्यक्रममा नेता पोखरेलले राष्ट्रिय स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता र अखण्डताको पक्षमा उभिने शक्तिहरू एकजुट हुनुपर्ने धारणा राख्दै आफूहरू देश बनाउने शक्ति विजयी हुनुपर्छ भन्नेमा रहेको स्पष्ट पारे।
उनले विकास र राजनीतिक स्थायित्वको प्रमुख एजेण्डा एमालेसँग रहेको तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरु भएका पूर्वाधार र विकासका योजनालाई पूर्णता दिन आवश्यक रहेको बताए।
नेता पोखरेलले आफू झण्डै तीन दशकदेखि काठमाडौँ–५ मा सक्रिय रहेको र यहाँका जनताको सेवाका लागि कटिबद्ध रहेको उल्लेख गरे ।
तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)
सम्बन्धित समाचार
वितृष्णालाई आशामा बदल्न राजनीतिक दलमा आत्मसुधार आवश्यकः उपसभापति शर्मा
आज ‘जनयुद्ध’ दिवस, खै माओवादी ?
सुनसरी–२ मा चौपक्षीय प्रतिस्पर्धा
युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक :राष्ट्रपति
जसपाको घोषणापत्र सार्वजनिक
‘प्रधानमन्त्री’ प्रस्तावित हर्क–बालेन सुस्त
रणनीतिक दस्तावेज बन्दै दलका घोषणापत्र
प्रलोपाको प्रतिबद्धतापत्र सार्वजनिक






