सर्लाही । सर्लाहीमा अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा नं ३ बस्ने ३० वर्षीय मोटरसाइकल चालक तौसिफ राजा मिकरानी मोटरसाइकल पछाडि सवार वडा नं ३ कै ३१ वर्षीय अजमल मिकरानी रहेका छन् ।
बिहीबार वडा नं ६ खुटौनाको नहर हुँदै मुसैलीबाट भांडसर तर्फ जादै गरेको बिआर ३१ एक्स ९८१८ नम्बरको अपाची मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा लागू औषध गाजासहित उनीहरुलाई पक्राउ गरिएको नेपाल प्रहरी २ नं. प्रदेश प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी जय राज सापकोटाले जानकारी दिए।
उनीहरुको साथबाट अन्दाजी १२ किलो अवैध लागूऔषध गाँजा बरामद गरिएको थियो । पक्राउ गरिएको दुबै जनालाई आवश्यक कार्वाहीको जिल्ला प्रहरी कार्यलय सर्लाहीमा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय प्रवक्ता सापकोटाले जानकारी दिए ।






