महेश बस्नेतलाई पछि पार्दै भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता

काठमाडौं । भक्तपुरका २ मा एमालेका महेश बस्नेतलाई पछि पार्दै रास्वपाले अग्रता लिएको छ । भयसअघि अग्र स्थानमा रहेका एमालेका महेश बस्नेतलाई पछिपार्दै राश्वपाका राजिव खत्रीले अग्रता लिएका हुन् । खत्रीले १४०० मत पाएका छन् । त्यस्तै बस्नेतले १२०० र नेपाली कांग्रेसका कविर राणाले १७१ मत पाएका छन् ।

नेपाल मजदुर किसान पार्टीका रमेश बैधले १३८ मत पाएका छन् । भक्तपुर क्षेत्र नं. १ मा रास्वपाले प्रारम्भिक अग्रता बनाएको छ । १४०० मत गन्दाको पहिलो अपडेटमा रास्वपाका रुकेश रन्जितले ८८८ मत सहित अग्रता लिएका छन् ।

त्यसैगरी कांग्रेसका किरण न्यौपानेले २३५ मतका साथ उनलाई पछ्याएका छन् । त्यस्तै नेमकिपाका प्रेम सुवालले ७५ मत पाउँदा राप्रपाका भरत बहादुर खड्काले ६१ मत ल्याएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 696 times, 1 visits today)

epaper

ताजा समाचार

फिफा विश्वकपः कतै गोल वर्षा, कतै खडेरी