धनगढी । प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले अग्रता लिएका छन् । एक हजार १६४ मत गणना गर्दा चौधरीले ३४८ मत पाएको निर्वाचन अधिकृत देवराज भारतीले जानकारी दिए ।
स्वतन्त्र उम्मेदवार फागुराम थारुले २४१ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कोमल ज्ञवालीले १९९ मत, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामलाल डगौरा थारुले ९९ मत, नेकपा (एमाले)का द्वारिकाप्रसाद न्यौपानेले ६८ मत पाउएका छन् ।
यस्तै, उज्यालो नेपाल पार्टीका उम्मेदवार प्रदिपकुमार चौधरीले ६२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवरले २४ मत पाउनु भएको छ । ३४ मत बदर भएका छन् । १५ जना उम्मेदवार रहेकामा अन्य उम्मेदवारले १० भन्दा कम मत पाएका छन्। यहाँ ५९ हजार ६१ मत खसेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 118 times, 1 visits today)






