काठमाडौं । अमेरिकी दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले सरकारका दुई मन्त्रीसँग भेट गरेका छन् । गोरले परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरेका छन् ।
परराष्ट्रमन्त्रीसँगको भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । लगानी र व्यापार प्रवर्द्धनमा विशेष जोड दिँदै द्विपक्षीय सहकार्य विस्तार गर्ने’bout पनि कुरा भएको जनाएको छ ।
यस्तै, गोरले अर्थमन्त्री वाग्लेसँग अर्थ मन्त्रालयमा झन्डै २० मिनेट भेटवार्ता गरे। भेटमा नेपाल र अमेरिका बिचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको जनाइएको छ।

नयाँ सरकार बनेपश्चात अमेरिकाबाट यो दोस्रो उच्चस्तरीय भ्रमण हो । यसअघि अमेरिकाका दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री समिर पल कपुर ७ वैशाखमा नेपाल आएका थिए ।
त्यसको १० दिनपछि नै ट्रम्पका दूतको भ्रमणले नेपालसँगको सम्बन्धलाई अमेरिकाले प्राथमिकतामा राखेको चर्चा कुटनीतिक वृत्तमा चलेको छ ।
दुवै भ्रमणहरू आर्थिक सहकार्य अभिवृद्धिसँग सम्वन्धित छन् । हाल भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोर ट्रम्पनिकट कुटनीतिज्ञका रूपमा चिनिन्छन् । प्रधानमन्त्री बालेन्द्र शाहसँग भने भेटवार्ता तय भएको छैन ।
सम्बन्धित समाचार
मिनी संसदका १२ समितिले पाए नेतृत्व, विशेषाधिकार देखाएर सभामुखले गरे सदस्य हेरफेर
सर्वोच्चको फैसला : गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक
बालेन्द्र सरकारको एक महिना, ५० प्रतिशत प्रतिबद्धता कार्यान्वयन
रास्वपाको दोहोरो चरित्र : सत्ताबाहिर ‘तिब्र आक्रामक’, सत्तामा ‘नम्र आक्रामक’
कांग्रेस आधिकारिकता विवादः असन्तुष्ट समूह विलय कि विद्रोहमा ?
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
जेनजी आन्दोलन प्रतिवेदन कार्यान्वयनमा विभेद






