प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ सय ५४ पुग्यो

जनकपुरधाम । प्रदेश २ मा आज मात्रै ५७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै प्रदेशमा संक्रमितको संख्या ५ सय ५४ पुगेको छ । शनिबार सामाजिक विकास मन्त्रालयले मिडिया ब्रिफिंग मार्फत प्रदेशमा हालसम्म संक्रमितको संख्या ५ सय ५४ पुगेको जनाएको छ ।

शनिबार आएको पिसिआर परिक्षण रिपोर्ट अनुसार सप्तरीमा ९, सिरहामा ११, धनुषामा ७, रौतहटमा ६, महोत्तरीमा ४, सर्लाहीमा १७ बारामा १ र पर्सामा २ जनामा संक्रमण देखिएको छ । संक्रमितको अवस्था सामान्य रहेको जनाएको छ ।

त्यसैगरी सिरहामा ७, महोत्तरीमा ७ र बारामा २ जना शंकास्पदको आइसोलेशनमा राखी उपचार भइरहेको छ । ’emको पिसिआर परिक्षण रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशका विभिन्न अस्पतालमा शनिवारसम्म सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा २४, सिरहामा १४, धनुषाको प्रादेशिक अस्पतालमा २९, महोत्तरीका जलेश्वरमा १९, सर्लाहीको मलंगवामा २३, रौतहटको चन्द्रनिगाहपुरमा ७, गौरमा २९, फरहदवामा २५, देवाही गोनाहीमा १४ गरुडामा ६६, बाराको कलैयामा ५० र पर्साको गण्डक अस्पतालमा १० जनाको आइसोलेशन राखि उपचार भइरहेको छ ।

जिल्लागत रुपमा हालसम्म सप्तरीमा ४३, सिरहामा २५, धनुषामा ४९, महोत्तरीमा २७, सर्लाहीमा ६२, बारामा ५४, रौतहटमा १८८ र पर्सामा १०५ संक्रमित रहेका छन । यस्तै उपचार पश्चात प्रदेश भरिमा ९८ जना निको भई डिस्चार्ज भइसकेको छ ।

सर्लाहीमा ६१ पुग्यो
सर्लाहीका तीन गाउँपालिकाको १७ जनामा कारोना भाइरस (कोभिड–१९) को संक्रमण फेला परेको छ । सर्लाहीको पर्सा गाउँपालिकामा १२ जना, विष्णुप गाउँपालिकामा ४ र कौडेना गाउँपालिकामा एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

संक्रमित पर्सा गाउँपालिकाका १६, १७, १८ वर्षीया महिला, १९ , २१, २४, २४, २७, २८, ३३, ३३ र ४० वर्षीय पुरुष रहेका छन् । विष्णु गाउँपालिका २ का उमेर नखुलेका एकजना, वडा नं ५ का १६, २८, १८ वर्षीय रहेका छन् । त्यसैगरी कौडेना गाउँपालिकाका १८ वर्षीय युवामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । १७ जना थपिएसँगै सर्लाहीमा कोरोना भाइरस संक्रमितको संख्या ६१ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 339 times, 1 visits today)

epaper

ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन