प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना पुष्टि

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६४ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जस अनुसार धनुषा जिल्लामा २१ जना, सर्लाही जिल्लामा १० जना, रौतहट जिल्लामा २८ जना र पर्सा जिल्लामा ५ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । यो संगै प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ६ सय १३ पुगेको छ । कोरोना संंक्रमितिहरु मध्ये प्रदेश २ मा उपचार पश्चात ९८ जनाले स्वास्थ्य भएका छन ।

धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्वर ४ स्थित दुखनीदेवी नर्सिङ्ग होमको क्वारेन्टाइनमा रहेका २१ बर्षीय पुरुषलाई कोरोना संक्रमणको पुष्टि भएको हो । धनुषा जिल्ला जनकपुर उपमहानगरपालिकास्थित गोपाल धर्मशालाको क्वारेन्टाइनमा रहेका बर्ष १९ बर्षका २ जना तथा २०, २१, २३, २४, र २७ बर्षका ५ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । धनुषा जिल्लाकै मुखियापट्टी मुसहरनीया गाउँपालिकास्थित तुल्सीयाही प्राथमिक विद्यालयको क्वारेन्टाईनमा रहेका २४, २५, २६, २७, २८, ३०, ४५, ४६ र ३५ बर्षमा ९मा कोरोना संक्रमणको पुिष्ट भएको हो ।

धनुषा जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएका अधिकांस संक्रमितहरु भारतको गुजरातबाट आएको बुझिएको छ । जसमा चारनाथ नगरपालिकाका संक्रमितको स्वाव जेठ ११ गते संकलन गरिएको थियो । त्यसैगरी गोपाल धर्मशालाका संक्रमितको जेठ १५ गते र मुखियापट्टीका संक्रमितहरुको १० गते स्वाव संकलन गरिएको थियो ।

सर्लाही जिल्लाको हरिपुर नगरपालिकाको स्थानीय क्वारेन्टाइनमा रहेका एक जना उमेर स्पष्ट हुन नसकेका पुरुषसहित १५, २४, ३४, ५० र ४० बर्ष उमेरका २ जनागरी कुल ७ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसैगरी सर्लाही जिल्लाकै ब्रम्हपुरी गाउँपालिकास्थित रामबिलास प्रा.वि.को क्वारेन्टाइनमा रहेका बर्ष २५, २८ र ४८ बर्षका ३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा हरिपुर नगरपालिका संक्रमितहरुको जेठ १३ गते र ब्रम्हपुरी गाउँपालिकाका संक्रमितहरुको जेठ १५ गते स्वाव संकलन गरिएको थियो । सक्रमितहरु छिमेकी मुलुक भारतबाट आएर सम्वन्धित क्वारेन्टाइनमा बस्दै आएका थिए ।

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकास्थित गंगा पिपरा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १७, २२, २३, २९, ३५, ४० र २५ बर्षका २ जना गरी कुल ८ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट जिल्लाकै इशनाथ नगरपालिका बडा नम्वर सातमा रहेको घिउरा मा.वि.को क्वारेन्टाइनमा रहेका २० बर्षका २ जनासहित १७, १९, २१, २२, २४, २७, ३६, ४५ र ५० बर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सोही नगरपालिका वडा नम्वर ८ मा रहेको जोकाहा मदरसाको क्वारेन्टाइनमा रहेका ४, ८ र १२ बर्षीय बालक तथा ३० बर्षका २ जना पुरुष सहित १८, २२, ४५ र ५२ बर्षिय पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएका छ । रौतहट जिल्लाका सम्पूर्ण संक्रमितहरु छिमेकी मुलुक भारतबाट आएर स्थानीय क्वारेन्टाईनमा बस्दै आएको बुझिएको छ ।

पर्सा जिल्लाको पटेरवा सुगौली गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका बर्ष २५ बर्षीय महिला तथा २२ बर्षीय दुई जना पुरुषहरुसहित २५ र ३६ बर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सवै जना छिमेकी मुलुक भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बस्दै आएको बुझिएको छ ।

प्रदेश नम्वर २ मा कोरोना संक्रमणको बढोत्तरीलाई ध्यानमा राख्दै प्रदेश सरकारले प्रादेशिक प्रयोगशाला जनकपुरसँगसँगै बीरगञ्ज र राजबिराजमा रियलटाईम पिसिआर मेसिन जडानगरी स्वाव परिक्षणलाई तीब्रता दिएको छ । जस अनुरुप जनकपुरको रियल टाईम पिसिआर मेसिन जडान गरिसकिएको छ । हाल उक्त मेसिन भ्यालिडेसन अर्थात गुणस्तर र क्षमता परिक्षणको क्रममा रहेको छ । हालसम्म उक्त मेसिनले पहिलो पटकमा २५ जना र दोस्रो लटमा ४७ जनाको स्वाव परिक्षण गरेको छ । उक्त परिक्षण गरिएको स्वावको परिणामलाई ऐकिन अर्थात भ्यालिडेसन गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्र्रयोगशाला टेकुमा पठाइएको छ र उक्त परिक्षण प्रकृया अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पिसिआर परिक्षण मार्फत संक्रमण प्रमाणित भएका सप्तरी जिल्ला स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसन कक्षमा २५ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ । सिराहा जिल्ला महेन्द्र गेनाई अस्पतालको आइसोलसन कक्षमा २५ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ ।

त्यसैगरी धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन कक्षमा २ महिला र २६ पुरुषगरी कुल २८ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । महोत्तरी जिल्लाको जलेश्वर अस्पतालको आइसोलसन कक्षमा १ जना महिला र २३ जना पुरुष गरी कुल २४ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सर्लाही जिल्ला मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा कोरोना संक्रमित ४० जना पुरुष र १ जना महिला गरी कुल ४१ जना कोरोना संक्रमितहरुकोको उपचार भइरहेको छ ।

रौतहट जिल्लास्थित चपुर अस्पतालमा ७ जना पुरुष, रौतहट जिल्लामा नै रहेको गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसन कक्षमा ३ महिला र २८ पुरुषगरी कुल ३१ जना, रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा ४२ जना पुरुष र रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका स्थित देवाही गोनाही पोलिटेक्निक ईन्स्टिच्यूट धरहरीमा २२ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । रौतहड जिल्लाकै गरुडा नगरपालिकामा रहेको नेपाल प्रहरी विद्यालयमा ७२ पुरुष र ३ महिलागरी कुल ७५ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा ४८ जना पुरुष र २ जना महिला गरी कुल ५० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । पर्सा जिल्लामा नारायणी अस्पताल अन्तर्गत रहेको कोभिड १९ बिषेश अस्पताल गण्डक अस्पतालमा १८ जना पुरुष र २ जना महिलागरी कुल २० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । त्यसैगरी सिराहा अस्पताल सिराहामा ४ जना र महोत्तरी जिल्लाको जलेश्वर कोभिड विषेश अस्पतालमा ८ जना, गरी कुल १२ जना कोरोना आसंकीत बिरामीहरुको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन