आइतबार संक्रमित पुष्टि भएका पर्साका सबै भारतबाट आएका

पर्सा । स्वास्थ्य मन्त्रालयले आइतबार संक्रमित पुष्टि गरेका पर्साका सबै संक्रमित केही दिन अगाडी मात्र नेपाल प्रवेश गरेका नेपाली रहेको खुलेको छ । भारतमा विभिन्न कामको सिलसिलामा गएका उनीहरु लकडाउनको समयमा केही दिन अगाडी मात्र यहाँ आइपुगेका थिए ।

सबै पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ का बासिन्दा रहेको प्रदेश २ मुख्य मन्त्रीका स्वकीय सचिव दिपक यादवले बताए । उनीहरुलार्य सुरुमा भिस्वाको क्वारेन्टाइनमा र पछि आफ्नै गाउँपालिकाको निचुटा माविको क्वारेन्टाइनमा ल्याइएको उनले बताए । मुख्य मन्त्रीका स्वकीय सचिव यादव सोही गाउँपालिकाका स्थायी बासिन्दा समेत हुन् ।

क्वारेन्टाइनबाटै उनीहरुको स्वाव संकलन गरिएको वीरगन्जको नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डा उदयनारायण सिंहले बताए । संक्रमित मध्ये १ महिला र ४ पुरुष रहेको उनको भनाइ छ ।

संक्रमित भएको घोषणा गर्न प्रकृयागत रुपमा केही विलम्ब भएपनि उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि गएराती २ बजे नै अस्पतालमा ल्याई भर्ना गरिसकिएको डा. सिंहले बताए । उनीहरु सहित बाराका ३ जना थपिएपछि वीरगन्जको कोभिड अस्पताल गण्डकमा आइतबारबाट उपचार गराउनेको संख्या २० पुगेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

epaper

ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन