गोरखा सेभिङ सहकारीका अध्यक्ष राईसहित ४ जना पक्राउ

काठमाडौं । प्रहरीले गोरखा सेभिङ एण्ड क्रेडिट सहकारीका अध्यक्ष इमानसिंह राईसहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रमुख कार्यकारी अधिकृत लालबाबाु क्षेत्री र अविन कुमार राई तथा पूर्वलेखा सदस्य कर्ण राई पनि रहेका छन् । उनीहरु विभिन्न ठाउँबाट विभिन्न मितिमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी मनोहर भट्टले बताए ।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर लिलतपुर पठाइएको छ । उनीहरुमाथि प्रवाह भएको ऋण कमसल धितो रहेको, बिना धितो र बैंकमा पहिले नै रोक्का रहेको धितोलाई आधार बनाएर ऋण प्रवाह गरेको आरोप छ ।

जसका कारण असुल हुन नसकि बचत फिर्ता गर्न नसकिएको देखिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालतर्फको हिमनदी भत्किँदा विपत्ति आएको होः चिनियाँ विदेश मन्त्रालय