व्यवसायी शंकर अग्रवाल पक्राउ


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले व्यवसायी शंकर अग्रवाललाई पक्राउ गरेको छ । गृहमन्त्री सुधन गुरुङको सचिवालयले व्यवसायी अग्रवाल पक्राउ परेको पुष्टि गरेको छ ।

बिहीबार मात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्यूरोले पक्राउ गरेको थियो । अग्रवाल र भट्ट व्यवसायिक साझेदार भएको बताइएको छ ।

बालेन सरकार बनेको एक सातामा भट्टपछि पक्राउ परेका अग्रवाल दोस्रो व्यवसायी हुन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा बिहीबार सीआईबीबाट पक्राउ परेका भट्टलाई जिल्ला अदालत काठमाडौंले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा भट्ट पक्राउ परेलगत्तै शंकर समूहका प्रमुख रहेका अग्रवाललाई नियन्त्रणमा लिइएको गृहमन्त्री गुरुङको सचिवालयले उल्लेख गरेको हो ।
भट्टसहित उनका साझेदारहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ५ अर्ब बढीको विगोसहित मुद्दा चलाउने तयारी गरेको छ ।

शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलको बैंक खाताबाट दीपक भट्टको खातामा शंकास्पद रकम जम्मा भएको विषय राष्ट्र बैंकको वित्तीय सूचना इकाईले थाहा पाएको थियो । यस विषयमा अनुसन्धान गर्न राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण विभागलाई पत्राचार गरेको थियो ।

त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्ट जोडिएको विभिन्न कारोबारसम्बन्धी जानकारी गराउन आन्तरिक राजस्व विभागलाई पत्र पठायो। विभागले खासगरी जगदम्बा स्टिल, हिमालयन रि, इन्फिनिटी होल्डिङ, आयुष्मा नेपाल र अञ्जना नेपालबीचको कारोबारको कनेक्सन हेर्न भनेको थियो ।

यस्तै, हालसम्म विभिन्न १० जनालाई पक्राउ गरिएको गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति पौडेलद्वारा शनिबार एकसाथ तीन अध्यादेश जारी