महान्यायाधिवक्तामा कँडेल नियुक्त

काठमाडौं । सरकारले अधिवक्ता डा. नारायण कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । महान्यायाधिवक्तालाई सरकारको मुख्य कानुनी सल्लाहकार मानिन्छ ।

आइतबारको मन्त्रिपरिषद्ले कँडेललाई महान्यायाधिवक्ता बनाउने निर्णय गरेको हो । यस पहिले अधिवक्ता सुवास आचार्यसहितको नाम चर्चामा थियो । तर प्रधानमन्त्री बालेन्द्र शाहले बागलुङका कँडेललाई रोजेका हुन् ।

यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पालामा सविता भण्डारी महान्यायाधिवक्ता थिइन् । उनी एकपछि अर्को प्रकरणमा विवादै विवादमा परेकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

epaper

ताजा समाचार

तीन बुद्धिचाल खेलाडी संयुक्त शीर्ष स्थानमा