काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले आज सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
त्यस अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, न्यायाधीशहरू र न्याय सेवाका उच्च अधिकारीको उपस्थिति रहेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा अधिवक्ता कँडेललाई आजै महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)






