घट्यो सुनचाँदीको मूल्य, आज कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज बिहीबार सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला चार हजार ३०० र चाँदी तोलामा १५० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८७५ रुपैयाँ कायम भएको छ । 

हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार २५ रुपैयाँ कायम भएको थियो ।

गत मंगलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० रुपैयाँ कायम भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१३ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

epaper

ताजा समाचार

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग