काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको विदेशी मुद्रासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको कर्नाटक बैंग्लोर बस्ने जगदीशमोहन राव रहेका छन् । उनको राहदानी नम्बर आरए ६७७२४६ रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
नेपाल वायुसेवा निगमको उडान नम्बर आरए–२२५ मार्फत काठमाडौँबाट बैङ्लोर भारततर्फ प्रस्थान गर्न लागेका रावलाई विमानस्थलको ब्यागेज चेकिङ क्षेत्रमा एक्स–रेमार्फत सामान जाँच गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
जाँचका क्रममा उनको साथबाट स्रोत नखुलेको भारतीय रुपैयाँ छ लाख ३५ हजार, चिनियाँ युआन ६३५, हङकङ डलर १०, भियतनामी डोङ ११ लाख ८६ हजार र थाइल्यान्डको भाट १७० बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले जानकारी दिए ।
प्रहरीका अनुसार उनलाई विदेशी मुद्रा अवैध रूपमा लुकाइछिपाइ लैजान लागेको अवस्थामा फेलापरेको हो । घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका रावलाई थप अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हरिहर भवन पुल्चोक, ललितपुर पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
सरकारले सञ्चालन गरिरहेका कोषमा रकम जम्मा गर्नेलाई सीमा नलाग्ने
सुरुङभित्र फसेका मानिसको उद्धारमा खटिएको टीम सुरङभित्र प्रवेश
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा पठाइयो
आज रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
भोटेकोशी बाढीबाट रसुवामा तीन हजार अझै सम्पर्कविहीन
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम : अनुसन्धानकर्ता
ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
प्रसारण लाइनको तार छुँदा घाइते भएकी बालिकालाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति





