अहिले नेपाल नेपालीको हातमा छैनः प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले राष्ट्रिय स्वाधीनताको दृष्टिकोणले गम्भीर संकटमा रहेको खुलासा गरेका छन । आज (बिहिबार) सिरहाको मिर्चैयामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले यस्तो बाएका हुन । उनले संविधान र जनताको अधिकारमाथि संकट उत्पन्न भएको पनि बताएका छन ।

संयोजक प्रचण्डले गत वर्षको भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपालको राजनीतिक अवस्था थप जटिल बनेको दाबी समेत गरेका छन । प्रचण्डले भने, ‘नेपाल राष्ट्र रहने हो कि होइन भन्ने चिन्ता नेपाली जनताको मनमा पैदा भएको छ, ‘देशमा फेरि अर्को दुर्घटना हुने हो कि भन्ने आशंका पनि बढेको छ ।’

सम्बोधन क्रममा उनले पटक–पटक ‘नेपाल ठूलो संकटमा छ’ भन्दै नेता तथा कार्यकर्तालाई गम्भीर भएर परिस्थितिको विश्लेषण गर्न अनुरोध समेत गरे । भदौ २४ गतेपछि संविधान मिचेर सरकार गठन भएको दाबी गर्दै उनले संसद् विघटन गर्नै नहुने अवस्थामा गरिएको र नेपालको राजनीतिक भविष्य’bout विदेशी शक्तिहरूले निर्णय गर्न थालेको आरोप लगाएका छन ।

उनले भने, त्यसकारण हामीले भदौ २४ गतेलाई कालो दिन भनेका हौं, ‘अब नेपाल नेपाली जनताको हातमा फर्काउनुपर्छ । जनताको हातमा रहेको अधिकार पुनर्स्थापित गर्नुपर्छ ।’ उनले अहिले नेपाल नेपालीकै हातमा छ भन्ने ठान्नु भ्रम मात्रै रहेको पनि बताएका छन ।

‘अहिले नेपाल हाम्रो हातमा छैन, अर्कैको हातमा छ । त्यसैले नेपाल नेपालीको हातमा फर्काउन एउटा ठूलो मोर्चा र आन्दोलन आवश्यक छ,’ प्रचण्डले भने । संविधान ट्र्याक बाहिर गएको टिप्पणी गर्दै उनले संविधानलाई भेन्टिलेटरमा राखिएको बिरामीसँग तुलना समेत गरे ।

संविधान अहिले भेन्टिलेटरमा राखिएको बिरामीजस्तो भएको छ । भेन्टिलेटर झिकिदिने हो भने संविधान मर्‍यो भन्ने घोषणा हुन्छ, ‘अब संविधानलाई कसरी जीवित राख्ने भन्ने ठूलो प्रश्न हाम्रो अगाडि छ ।’ संविधान, लोकतन्त्र, संघीयता, न्याय र सुशासनको पक्षमा अभियान अघि बढाउने जिम्मेवारी अब वामपन्थी शक्तिहरूले लिनुपर्ने पनि प्रचण्डले बताएका छन ।

त्यसका लागि एमाले र नेकपा मसालसँग कार्यगत एकताको प्रक्रिया अघि बढेको बताउँदै उनले अन्य वामपन्थी शक्तिसँग एकताका लागि छलफल भइरहेको समेत बताए ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

‘आत्महत्या रोकथाम दिवस’ पर्सामा फिक्का