राती क्वारेन्टाइनमा, दिउँसो काफल खान जंगलमा

बैतडी । अहिले बैतडी जिल्लामा ५ हजार बढि ब्यक्तिहरु क्वारेन्टाइनमा बसिरहेकाछ न् । उनिहरु मध्ये धेरै ब्यक्ति इमान्दार भएपनि केहिलाई सम्हाल्न भने निकै गा¥हो छ । गएको बिहिबार पाटन ६ की एक महिला झाक्रीँ हुँ भन्दै क्वारेन्टाइनबाटै काम्दै गाउँ घुमिन्, ‘म सबैलाई बचाउछँु भन्दै दैडिन्’, उनलाई नियन्त्रणमा लिई पुनः क्वारेन्टाइनमा राखियो । यो कुरालाई जिल्ला स्थित सरोकारवालाहरुले गम्भीर रुपमा लिई यस्ता गतिबिधि गर्नेलाई घर भन्दा टाढाको क्वारेन्टाइनमा सरुवा गर्ने जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्टले बताए ।

बिभिन्न ठाउँका क्वारेटाइनमा बसेकाहरु दिनमा काफल खान जंगल जाने गरेको गुनासो आएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोसी बताउछन् । ‘दिनभर घरपरिवार संग बसेर काम गर्ने अनि साझपख परिवार सहित क्वारेन्टाइनमा बस्न जाने गुनासो आइरहेको छ ।’ प्रजिअ जोशीले भने । जुवातास खेल्ने जस्ता गतिबिधिहरु क्वारेन्टाइनमा बसेकाहरुबाट भैरहेको समेत गुनासो आएको उनले बताए । ‘जबसम्म क्वारेन्टाइनको महत्व सबैले बुझ्दैनन्, लकडाउन केहो? कस्का लागी किन गरिएको हो ? यो कुरा बुझ्दैनन् तब सम्म समस्याहरु आउछ’ जोशीको भनाई थियो ।

क्वारेन्टाइनमा बसेका मध्ये कतिपयले सारेकारवालाहरुको कुरा नसुन्ने गरेको दशरथचन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिक्रमबहादुर चन्द बताउछन् । ‘बिदेशबाट आएका दाजुभाइहरुलाई कोरोना भाइरसको त्रास महसुस नभएको देखिन्छ । धेरै ब्यक्तिहरु क्वारेन्टाइनमा जुवातास खेलेर दिन बिताइरहेका छन् । सामाजिक दुरीको कुनै मतलब गरिएको छैन्, यस’bout जनचेतना फैलाउनु जरुरी छ ।’ उनले भने ।’ कतिपय ठाउँमा वडाअध्यक्षको पाट्रि भन्दा बिपक्षका ब्यक्तिले उक्साइदिने गरेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले बताइन् । अर्को क्वारेन्टाइनमा भत्ता बाढ्दैछन्, राम्रो खानेकुरा दिएका छन्, मासुभात खुवाएका छन् भनेर उक्साउने गरेको उनले बताइन् ।

बैतडी जिल्लालाई रेडजोनमा राखि सर्तकता अपनाइए पनि स्थानियबासिको लापरबाहिका कारण कोरोना भाइरसको अति उच्च जोखीम रहेको पत्रकार बसन्त बिष्टले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित