श्वास फेर्ने समस्याबाट गर्भवतीको मृत्यु

सांकेतिक तस्वीर

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्ने समस्याबाट आज एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका– २ बस्ने श्याम यादवकी पत्नी ४० वर्षीया रीतादेवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आफ्नै घरमा बस्दै आएकी ती महिलालाई अचानक श्वास फेर्नमा समस्या हुँदा उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो । महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

epaper

ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन