सर्लाहीमा एकैदिन ३८ जनामा कोरोना संक्रमण, संक्रमित सबै भारतबाट आएका

सर्लाही । सर्लाहीमा एकैदिन ३८ जनामा कोरोना संक्रमण देखिएको छ । कविलासी नगरपालिकामा ३ जना महिलासहित ३६ र हरिपुर नगरपालिकामा १ जना महिला गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताए ।

काठमाडौंको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षण अनुसार कविलासी नगरपालिकाको जनता मा.वी अगरवा क्वारेन्टाईनमा ३६ जना र हरिपुर नगरपालिका २ जनामा कोरोना संक्रमणको पुष्टि भएको र संक्रमितमध्ये ४ जना महिला समेत रहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।

यो संगै सर्लाहीमा कोरोना संक्रमित हुनेको संख्या १ सय १० पुगेको छ । जनता मा.वि. अगरबा क्वारेन्टाइनमा बसेको ६० जनाको केहि दिन पहिला स्वाब संकलन गरी काठमाडौंको जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो जसमध्ये आज तिन जना महिला सहित ३६ जनामा कोरोना संक्रमण देखिएको कबिलासी नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत बिरवल चौधरीले जानकारी दिए ।

कोरोना संंक्रमित सबै भारतको मुम्बइबाट आएको र कुन वडाको कति छ अहिले सम्म अधिकारीक विवरण आई नसकेकोले हामि बिवरण संकलन गरी उपचारको लागि संक्रमित सबैलाई मलंगवामा रहेको आइसुलेशन वार्डम पठाउने अधिकृत चौधरीले बताए । हिजो मात्र हरिपुर नगरपालिकामा ७ जना र ब्रह्म्पुरी गाउँपालिकामा ३ जना गरी एकैदिन १० जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन