बस्तीमा डोजर चले प्रतिकार गर्ने सुकुम्बासी संघको चेतावनी

काठमाडौं । सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी तयारीले सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएकाहरु त्रसित भएका छन् । सुकुम्बासीको समस्या समाधान गर्नुको साटो सरकारले सुकुम्बासीलाई नै हटाउने खेलमा लागेको भन्दै आम सुकम्बासी तथा अवयवस्थिति बसोबासी संघले ध्यानाकर्षण भएको जनाएको छ ।

१२ र १३ वैशाखमा सुकुम्बासी बस्तीमा डोजर लगाएर खाली गराउने सूचनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै संघका उपाध्यक्ष अमर लिम्बु र महासचिव महम्मद सत्तारले नेपाली नागरिकलाई सरकारले उठीबास लगाउने जस्ता कुरा गर्नुप्रति आपती जनाएका छन् ।

‘प्रधानमन्त्री वालेन्द्र शाहज्यूले जो डोजर लगाउने कुरा गर्नु आम जनसमुदायलाई स्वीकार्य छैन् । जिम्मेवार ठाउँमा बसेर संविधान र कानूनको पालना गर्नु गराउनुको साटो आफ्ना नागरिकलाई दुःख दिने, उठीबास लगाउने, कानून विपरित कार्य गर्नु हामीलाई अस्वीकार्य छ,’ संघका उपाध्यक्ष लिम्बु र महासचिव सत्तारले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री शाहको सो कार्यको विरोध एवं भत्र्सना गर्दै उनीहरुले तत्काल यो सूचना फिर्ता लिनका लागि अनुरोध समेत गरेका छन् । सुकुम्बासी बस्तीमा डोजर लगाउने काम भए त्यसको प्रतिबादमा उत्रिने चेतावी समेत संघले दिएको छ ।

‘आयोग पनि बन्यो, केवल भत्ता मात्रै खाने काम भन्ने कुरा त आम सुकुम्बासीलाई थाहै छ । बागमती खोला किनार, धोबीखोलाको किनार, बल्खु, थापाथली, मनहरा लगायतका अन्य सै देशभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जुन पनि सरकार आए पनि गरिब जनता, भुई मान्छेहरुलाई मानसिक टर्चर दिइरहेको छ,’ संघले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल सरकार सहित काठमाडौं महानगरपालिका स्थानीय सरकार समेत भएकाले त्यसले आफ्ना नागरिकलाई सेवा सुविधा दिनु एवं नागरिकको मानव अधिकारको रक्षा गर्नु उसको दायित्व समेत रहेको स्मरण संघले गराएको छ । कहिले सुकुम्बासी, कहिले कवाड व्यवसायी त कहिले गरिब सडक व्यवसायीलाई दुःख दिने काम तत्काल बन्द गर्न संघले आग्रह समेत गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम