व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार नक्सालबाट नियन्त्रणमा लिएको हो। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पनि हुन्।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार गरेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’मा गोल्छाको नाम पनि परेको थियो। लगत्तै उनले हिमालय रि इन्स्योरेन्सको अध्यक्षबाट राजीनामा दिएका थिए।
भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिबाट गरिएको कारोबारमा मुख्यगरी रुपमा दिपक भट्ट र तथा सहयोगीको रुपमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन क्यापसर्व, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फन्ड, रोहित गुप्ता र शेखर गोल्छाको रकम प्रयोग भएको देखिएको थियो।
कारोबार गर्न दिएकोमध्ये ब्रोकर कम्पनीले गोल्छालाई ५२ करोड ५० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी देखिएको छ। फागुन २५ मा उनले हिमालयन रि इन्सुरेन्सको अध्यक्षबाट राजीनामा दिएका थिए।
सम्बन्धित समाचार
सुन तस्करसँगको ‘कनेक्सन’ : पूर्वसभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा भइराखेको छ कारोबार ?
मन्त्रिपरिषदमा ४० प्रतिशत महिला
धनकुटामा १३ फिट लामो राजगोमन सर्पको उद्दार
परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट
इँट्टाभट्टाको पर्खालले च्यापिएर एक मजदुरको मृत्यु
सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
नगरप्रहरीको ज्यादतीमा नगरप्रमुखले कारबही नगर्ने






