सडक अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारबाहीको माग

फाइल तस्बिर


उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–५ र ६ मा पर्ने निर्माणाधीन सडक स्तरोन्नतिको काम छाडेर निर्माण कम्पनी बेपत्ता भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । दमौटी, बुर्जाकाला, पातलेबास, लालपत्ता, घनचक्रेमा पर्ने सडक स्तरोन्नतिको काम अलपत्र छाडेपछि स्थानीयवासी आक्रोशित भएका हुन् ।

त्रियुगा नगरपालिका–५ र ६ चुरे पारीको सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले वर्षाैंदेखि ठेक्का लिएको काम नगरेपछि दमौटी, बुर्जाकाला, पातलेबास, लालपत्ता, घनचक्रेवासी आक्रोशित भएका हुन् । उनीहरुले निर्माण कम्पनीलाई कारबाही माग गर्दै पूर्वाधार विकास कार्यालय उदयपुर र त्रियुगा नगरपालिकालाई आग्रह गरेका छन् ।

सडक निर्माणको काम अलपत्र पार्ने ठेकेदारलाई कारबाहीको माग राख्दै स्थानीयवासीले पूर्वाधार विकास कार्यालय उदयपुरलाई ध्यानाकर्षण गराएको त्रियुगा नगरपालिका–६ का वडाध्यक्ष योगेन्द्र दाहालले बताए । पूर्वाधार विकास कार्यालय उदयपुरले २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी दमौटी, बुर्जाकाला, पातलेबास, लालपत्ता, घनचक्रेका सडक स्तरोन्नतिका का लागि १ असोज २०७८ मा ठेक्का सम्झौता गरेको थियो । सो सडक निर्माणको ठेक्का सम्झौताअनुसार ३० भदौ २०८० मा निर्माण सम्पन्न हुनु पर्नेमा अहिले ३ पटक म्याद थप गर्दा समेत ५५ प्रतिशत भन्दा बढी काम हुन सकेको छैन ।

त्रियुगा नगरपालिका–५ दमौटीदेखि वडा नम्बर ६ दमौटी, बुर्जाकाला, पातलेबास, लालपत्ता, घनचक्रे जोड्ने सडक स्तरोन्नतिको काम गर्न एमएस एससीएफ बीएनएस–जेभी लहान–३ सिराहासँग ठेक्का सम्झौता गरेको थियो । २० किलोमिटर सडक स्तरोन्नतिका लागि १८ करोड ७५ लाख ८ हजार ४ सय ८६ रुपैयाँ ६४ पैसामा ठेक्का सम्झौता भएको थियो ।

कुल लागत स्टिमेट ३९ करोड ४९ लाख ९८ हजार ९ सय ६ रुपैयाँ ७७ पैसा रहेकोमा सो निर्माण कम्पनीले १८ करोड ७५ लाख ८ हजार ४ सय ८६ रुपैयाँ ६४ पैसामा ठेक्का सम्झौता गरेको छ । कोशी प्रदेश सरकारको बजेटमा त्रियुगा नगरपालिका–५ र ६ को बुर्जाकाला, पातलेबास, लालपत्ता, घनचक्रे जोड्ने सडक स्तरोन्नतिसहित ग्राभेल गरिने भएको छ ।

२० किलोमिटर सडक स्तरोन्नति गर्ने काममा सडकको दुवैतिर १÷१ मिटरको फुटपाथसहित साढे ७ मिटर चौडाइ रहेको सडकमा २ सय एमएम सब बेस मोटाइको ग्राभेल लगाउनु पर्ने काम रहेको पूर्वाधार विकास कार्यालय उदयपुरका कार्यालय प्रमुख सीडीई गंगासागर यादवले बताए ।

त्रियुगा नगरपालिका–५ दमौटीदेखि वडा नम्बर ६ घनचक्रे जोड्ने सडक अलपत्र पारेर बेपत्ता हुने निर्माण कम्पनीलाई कारबाही गरी छ महिनाभित्र ठेक्का तोडेर नयाँ ठेक्का लगाउन उनीहरूले कार्यालयसँग आग्रह गरेका छन् ।

बर्षायाम सुरु भइसकेको अवस्थामा सडक लामो समयदेखि अलपत्र हुँदा स्थानीयवासीलाई आवतजावतमा समस्या हुने भएकाले अहिले सम्बन्धित कार्यालयलाई ध्यानाकर्षण गराएको अध्यक्ष दाहालले बताए ।

सो सडकको अहिलेसम्म भौतिक प्रगति ५५ प्रतिशत र आर्थिक प्रगति ४७ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय उदयपुरका सीडीई यादवको भनाइ छ । २० किलोमिटर सडक ग्राभेल र ड्रेन निर्माण गर्नु पर्ने रहेको छ । उनले निर्माण कम्पनीका प्रोपाइटरलाई पटक पटक लिखित र मौखिक रूपमा काम गर्न अनुरोध गरिएको तर ठेकेदार सम्पर्कविहीन रहेको जनाए । ठेक्का सम्झौता भएयता ३ पटक म्याद थप भइसकेको र अन्तिम पटक थपिएको म्याद गत ३० चैत २०८२ मा सकिएको सीडीई यादवको भनाइ छ ।

‘निर्माण व्यवसायीलाई चाँडो काम सक्न निकै पटक अनुरोध गरेँ,’ तर अहिले ठेकेदारले फोन नै स्विच अफ गरेर बसेको छ,’ उनले भने, ‘काम अलपत्र पार्ने ठेकेदारको ’boutमा प्रदेश सरकारलाई समेत जानकारी गराइएको छ ।’

ठेक्का तोड्ने प्रक्रिया पटक पटक अघि बढाएको, झन्झटिलो, पुनः अर्को सूचना गरेर काम सुरु गर्दा लागत रकम निकै बढ्न जाने र निर्माण कार्य झनै ढिलो हुने भएकाले अब कसरी अघि बढ्ने भन्ने’bout आन्तरिक छलफल भइरहेको सीडीई यादवले बताए । ‘यो काम दुई वर्षअघि नै सक्नु पर्ने हो तर निर्माण कम्पनी शक्तिशाली भएकाले काम भएन,’ कार्यालय प्रमुख यादवले भने ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन