राप्रपाद्वारा पार्टी निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी तीन सांसद पदमुक्त

काठमाडौं । राप्रपाले केन्द्रको निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएको भन्दै तीन सांसदलाई पदमुक्त गरेको छ ।

पार्टीको पटकपटकको निर्देशन अवज्ञा गरेको, पार्टी ह्विप उल्लंघन गरेको र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत सरकारमा सहभागी भएका तीन प्रदेशसभा सदस्यहरु राजु बिष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिको सिफारिस बमोजिम पदमुक्त गरेको हो ।

उनीहरुको पदमुक्तसम्बन्धी पत्र आज बागमती प्रदेश सभाका उपसभामुखलाई बुझाइएको थियो । सो पत्र उपसभामुखको आदेशमा प्रदेशसभा सचिवालयमा दर्ता समेत भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

epaper

ताजा समाचार

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै